(Japan) 17 th February | 2025 | Monday | 9:52:52 AM || (Nepal) 6:37:52 AM
 
 


यो बर्ष जापानीको विदेश यात्रा कोरोना अघिको तुलनामा ४० प्रतिशत मात्र पुग्ने

  POSTED ON : Tuesday, 31 January, 2023 | Views : 1120

यो बर्ष जापानीको विदेश यात्रा कोरोना अघिको तुलनामा ४० प्रतिशत मात्र पुग्ने


टोकियो, जापान ।

यो वर्ष जापानीहरुको विदेश यात्रामा सुधार आउने अपेक्षा गरिएको छ । जापानको मुख्य ट्राभल एजेन्सी जेटीबीका अनुसार गएको वर्षको तुलनामा यो वर्ष विदेश यात्रा बढ्नेछ । तर यो कोरोना भाइरसको महामारी शुरु हुनु अघिको स्तरभन्दा चाँहि कम नै हुने बताइएको छ ।

जेटीबीले ग्राहकलाई पठाएको प्रश्नावली, सरकारी तथ्यांक र अन्य डेटाका आधारमा सो हिसाब निकालेको हो । कम्पनीका अनुसार यो वर्ष जापानबाट ८४ लाख विदेश यात्रा हुनेछ । यो गएको वर्षको भन्दा तीन गुणा धेरै हो । तर यो सन् २०१९ को तुलनामा ४० प्रतिशत मात्रै हो ।

विदेश यात्रालाई केले प्रेरित गर्छ भनेर सोधिएको प्रश्नमा २७ दशमलव १ प्रतिशत उत्तरदाताले अमेरिकी डलरको तुलनामा जापानी येनको भाउमा आएको कमी बताएका छन् ।

यो वर्ष जापान आउने विदेशी आगन्तुकको संख्या भने २ करोड ११ लाख पुग्ने अनुमान जेटीबीको छ । यो गत वर्षको भन्दा साढे ५ गुणा धेरै हो ।

यो सन् २०१९ को स्तरभन्दा करीब ६० प्रतिशत हुनेछ । जुलाईबाट चीनबाट आउने पर्यटकको संख्या बढ्ने अनुमान छ । महामारी पूर्व जापानमा विदेशी पयर्टकमा चिनियाँहरुको अनुपात ३० प्रतिशत थियो ।