(Japan) 3 rd October | 2023 | Tuesday | 7:20:06 AM || (Nepal) 4:05:06 AM
 
 


जापानको ५ वर्षमा रक्षा खर्च मात्रै ४०० खर्ब येन भन्दा धेरै

  POSTED ON : Monday, 26 September, 2022 | Views : 1122

जापानको ५ वर्षमा रक्षा खर्च मात्रै ४०० खर्ब येन भन्दा धेरै


टोकियो, जापान ।

जापानले आगामी पाँच वर्षमा आफ्नो रक्षा खर्च ह्वात्तै बढाएर ४०० खर्ब येनमाथि पुर्याउन खोजिरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

जापानको मध्यकालीन रक्षा कार्यक्रमअनुसार आर्थिक वर्ष २०२३ सम्मको पाँच वर्षभर जापानको रक्षा खर्च २७४ खर्ब ७० अर्ब येन रहेको छ । आगामी ५ वर्षको लागि भने ४०० खर्ब येन बजेट विनियोजन गर्ने योजना छ ।

यो योजनाले चीनको सैन्य विस्तार अनि उत्तर कोरियाले परमाणु र मिसाइल कार्यक्रम तीव्र रुपमा अगाडि बढाइरहेको समयमा प्रधानमन्त्री फुमिओ किशिदाले जापानको रक्षा क्षमतालाई आधारभूत रुपमै बलियो बनाउन गरेको वाचा उजागर गरेको छ । यो पाँच वर्षे योजनामा मुख्य हतियार खरिद लगायत खर्चहरु समेटिएको छ ।

यस्तो खर्ब ५०० खर्ब येन ननाघ्ने तर ४०० खर्ब येन कट्ने आफ्नो नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले भनेका छन् । सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीले रक्षा खर्च दोब्बर बनाउँदै कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को २ प्रतिशत वा सो भन्दा माथि पुर्याउन खोजिरहेको छ ।

जापानको वार्षिक रक्षा बजेट लामो समयदेखि जीडीपीको १ प्रतिशतमा सीमित छ । आगामी अप्रिलमा बन्न लागेको पाँच वर्षे रक्षा कार्यक्रममा पाँच वर्षको बजेट ४०० खर्ब येन पुर्याइयो भने आगामी आवको रक्षा बजेट १० खर्ब येन हुनेछ ।

यो भनेको जीडीपीको झन्डै २ प्रतिशत हाराहारी हुनेछ । सरकारले वर्षको अन्त्यसम्ममा अन्य महत्वपूर्ण दस्तावेजहरुसहित मध्यम अवधिको कार्यक्रम अपडेट गर्न खोजिरहेको छ ।

रक्षा र अर्थ मन्त्रालयले खर्च योजनाको विवरणमा काम गर्दैछन् । यो वर्षको शुरुमा रक्षा मन्त्रालयले अप्रिलमा शुरु हुने नयाँ आवका लागि ५५ खर्ब ९० अर्ब येन बजेट मागेको थियो । यो अहिलेसम्मै माग गरिएको सबैभन्दा धेरै बजेट हो ।

अहिलेसम्म स्पष्ट भइनसकेका केही खर्चको टुङ्गो लागेपछि बजेटको आकार ६५ खर्ब येन आसपास पुक्ष्ने अनुमान गरिएको छ । पछिल्लो योजना अन्तर्गत आर्थिक वर्ष २०२४ देखि रक्षा खर्च वार्षिक १० खर्ब येनले बढ्ने क्रममा रहेको छ ।