(Japan) 27 th September | 2022 | Tuesday | 5:56:54 PM || (Nepal) 2:41:54 PM
 
 

हुण्डी कारोबारीको जगजगी : सोमबार ७० लाख हुण्डीवाल बिरुद्व मुद्वा, मँगलबार ७४ लाख नगद सहित अर्का पक्राउ

  POSTED ON : Wednesday, 10 August, 2022 | Views : 1672

हुण्डी कारोबारीको जगजगी : सोमबार ७० लाख हुण्डीवाल बिरुद्व मुद्वा, मँगलबार ७४ लाख नगद सहित अर्का पक्राउ


काठमाडौं, नेपाल ।

प्रहरिले सोमबार बालाजुबाट बरामद ६९ लाख ९९ हजार रुपैयाँ जापानबाट आएको हुन्डी भन्दै राजस्व अनुसन्धान विभागले चार जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय र बालाजु वृत्तको संयुक्त टोलीले उक्त रकमसहित नुवाकोटको ककनीका नवराज ढुंगानालाई पक्राउ गरेको थियो ।

विभागका अनुसार जापान बस्दै आएका ककनीकै प्रज्वल ढुंगानाले उक्त रकम काठमाडौंको म्हैपीमा सुवास क्यासमिर कलेक्सनका सुवासजङ पाण्डेमार्फत नवीन र ककनीकै फणिन्द्रप्रसाद ढुंगानालाई दिन लगाएका थिए ।

विभागले बरामद रकम जफतसहित सजाय माग गरेको छ ।

यसैबिच काठमाडौंको नरदेवीबाट गैरकानुनी रुपमा हुण्डी कारोबार गर्ने भारतीय नागरिकसहित तीन जना मंगलबार पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनसन्धान महाशाखाको टोलीले भारतीय नागरिक राजु अग्रवाल, सिन्धुली घर भई जोरपाटी बस्ने रामहरि दुलाल र रौतहट घर भई चावहिल बस्ने सुदीप आचार्यलाई पक्राउ गरेको हो। 

उनीहरुसँग रहेको ७४ लाख नगद र २६ लाख ३२ हजार ८५० रुपैयाँ बराबरको ९ वटा चेक बरामद गरेको छ। 

उनीहरुलाई सोमबार साढे ५ बजे पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। पक्राउ परेका तीनैजनालाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ।