(Japan) 29 th March | 2024 | Friday | 1:56:58 PM || (Nepal) 10:41:58 AM
 
 


जापानमा एप्पलका उत्पादन २५ प्रतिशतसम्म महँगो

  POSTED ON : Saturday, 02 July, 2022 | Views : 1510

जापानमा एप्पलका उत्पादन २५ प्रतिशतसम्म महँगो


टोकियो, जापान ।

जापानमा आइफोन महँगो बनेको छ । अमेरिकी कम्पनी एप्पलले जापानी बजारमा विक्री हुने आइफोनको भाउ बढाएको हो । कम्पनीले मूल्य बढाउनुको कारण खुलाएको छैन ।

तर पछिल्लो समय अमेरिकी डलरको तुलनामा जापानी येन को भाउ २४ वर्षयताकै ताजा न्यून स्तरमा ओर्लिए पछि जापानमा कम्पनीको डलरमा आधारित आम्दानी र मुनाफा प्रभावित भएसँगै मूल्य बढाईको हुन सक्ने अनुमान गरिएको छ ।

कम्पनीले जुलाई १ देखि लागू हुने गरी मूल्य बढाएको हो । पछिल्लो वृद्धिसँगै आइफोन १३ को भाउ १९ प्रतिशत अर्थात् १९ हजार ८०० येनले बढाएर १ लाख १७ हजार ८०० येन कायम गरेको छ ।

आइफोन १३ मिनीको भाउ १४ प्रतिशतले बढाइएको छ । आइफोन १३ प्रो १७ प्रतिशत महँगो बनेको छ भने आइफोन एसईको भाउ ८ प्रतिशतले बढाइएको छ । आइप्याडहरुको मूल्य पनि २५ प्रतिशत बढाइएको छ ।