टोकियो, जापान ।
गएको महीना जापानको खुद्रा विक्री लगातार तेस्रो महीना पनि बढेको छ ।कोरोना भाइरसको संक्रमण घट्न थालेपछि खुद्रा विक्रीमा सुधार आएको हो ।
उच्च स्तरमा उक्लिएको मुद्रास्फीतिको कारण वर्षको बाँकी समयमा घरपरिवारको खर्च खुम्चिन सक्ने खतरा बढेको भएपनि मेमा भने खुद्रा विक्रीमा अनपेक्षित वृद्धि देखिएको छ ।
सरकारले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार मेमा खुद्रा विक्री ३ दशमलव ६ प्रतिशतले बढेको छ । सो अवधिमा विक्री ३ दशमलव ३ प्रतिशतले बढ्ने अनुमान अर्थशास्त्रीहरुले गरेका थिए ।
अप्रिलको खुद्रा विक्रीको दर पनि संसोधनका क्रममा बढाएर ३ दशमलव १ प्रतिशतमा पुर्याइएको छ । मार्चयता लगातार जापानमा खुद्रा विक्री बढिरहेको छ ।
मौसमी समायोजनपछि चाँहि मेको विक्री शून्य दशमलव ६ प्रतिशत धेरै हो । मेको शुरुमा गोल्डन विकको लामो बिदामा जापानीहरुको बाहिर गएर खाने र घरेलु यात्रा जाने क्रम बढेको थियो ।
सेवा खपत र समग्रमा घरपरिवारको खर्चमा भएको वृद्धिले अर्थतन्त्रलाई टेवा दिने अपेक्षा गरिएको छ ।
तर उच्च महँगी र डलरको तुलनाम २४ वर्षयताकै न्यून स्तरमा ओर्लिएको येनको भाउका कारण यो वर्षको बाँकी अवधिमा जापानको पुनःबहाली धर्मराउन सक्ने चिन्ता बढेको छ । आगामी महीनाको पूर्वाद्र्धमा हुन गइरहेको माथिल्लो सदनको निर्वाचनमा महँगीलाई मुख्य मुद्दा बनाइएको छ ।