टोकियो, जापान ।
गत वर्ष जापानमा आय कर विवरण बुझाउन सरकारको अनलाइन प्रणालीको प्रयो गर्नेको संख्या यस अघि कहिले नदेखिएको स्तरमा उक्लिएको छ । राष्ट्रिय कर एजेन्सीले बिहिबार सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको छ ।
सन् २०२१ को अप्रिलसम्ममा ४४ लाख २० हजार जना स्वरोजगार र कम्पनीका कर्मचारीहरुले आय कर विवरण बुझाउन कर लेखापालहरु भर्ती नगरीकन ई–कर प्रणालको प्रयोग गरेका छन् । यो अघिल्लो वर्षको भन्दा ३८ प्रतिशत धेरै हो ।
कर विवरण बुझाउनकै लागि कर कार्यालय वा अन्य निर्धारित स्थानमा जानेको संख्या भने समीक्षा अवधिमा ३१ लाख १० हजार छ । यो अघिल्लो वर्षको भन्दा १० प्रतिशत कम हो ।
आय कर विवरण बुझाउन अनलाइनको प्रयोग गर्ने संख्याले कर कार्यालउ वा निर्धारित स्थलमै जानेको संख्यालाई उछिनेको यो पहिलो पटक हो ।