(Japan) 3 rd July | 2022 | Sunday | 5:43:58 AM || (Nepal) 2:28:58 AM
 
 

प्रधानमन्त्री किशिदा महंगी घटाउनेगरि २७ खर्ब येनको पूरक बजेट ल्याउँदै

  POSTED ON : Wednesday, 18 May, 2022 | Views : 418

प्रधानमन्त्री किशिदा महंगी घटाउनेगरि २७ खर्ब येनको पूरक बजेट ल्याउँदै


टोकियो, जापान ।

जापान सरकार र सत्तारुढ दलले मे महीनाको सम्ममा चालु आर्थिक वर्षको लागि ल्याउन लागिएको पूरक बजेट पारित गराउन खोजेका छन् । पछिल्लो समय महँगीमा भइरहेको वृद्धिको प्रभाव कम गर्न सरकारले विविध उपायहरुसहितको प्याकेजको घोषणा गरेको छ ।

सोको लागि आवश्यक रकमको जोहो पूरक बजेटबाट गर्न खोजिएको र यसलाई यही महीनाको अन्त्यसम्ममा अनुमोदन गर्ने लक्ष्य भएको स्रोतहरुले बताएका छन् । संसदको चालु सत्रलाई अप्रिल १५ मा अन्त्य गर्ने सरकार र सत्तारुढ गठबन्धनले योजना बनाइरहेका छन् । यही गर्मीयाममा माथिल्लो सदन हाउस अफ काउन्सिलर्सको मतदान हुँदैछ ।

सरकारले मतदान अगावै पूरक बजेट पारित गर्न खोजिरहेको छ । सत्तारुढ गठबन्धनले पूरक बजेटबारे मे २५ मा संसदमा छलफल शुरु गर्न लागेका छन् । यसबारे लिबरल डेमोक्रेटिक पार्टीले यही हप्ता प्रतिपक्ष दलहरुलाई जानकारी गराउन लागेको स्रोतले बताएको छ ।

सोमबार सरकार र सत्तारुढ दलहरुबीच एउटा छलफल भएको थियो । मंगलबार मन्त्रीपरिषद्ले २७ खर्ब येन बराबरको पूरक बजेट प्रस्ताव अबलम्बन गर्ने सो छलफलमा प्रधानमन्त्री फुमिओ किशिदाले बताएका थिए । पूरक बजेट संसदको चालु सत्रमै कार्यान्वयनमा आउने अपेक्षा किशिदाले व्यक्त गरेका थिए ।