टोकियो, जापान ।
जापानको कूल गार्हस्थ उत्पादन अघिल्लो त्रैमासिकको तुलनामा जनवरीदेखि मार्चसम्म वार्षिक आधारमा १ प्रतिशतले संकुचित भएको छ ।
मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक कुल ग्राहस्थ उत्पादन तथ्याङ्कले सार्वजनिक लगानीमा कमी आएको देखाएको छ । व्यक्तिगत उपभोग, जसले जीडीपीको आधाभन्दा बढी भाग लिन्छ, लगभग एकनासको देखिएको छ ।
अर्ध आपतकालिन उपायहरू त्रैमासिक अवधिमा जापानभर अधिकांश प्रान्तमा कोरोना भाइरसको ओमिक्रोन संस्करणको फैलावटको कारण लागू गरिएको थियो ।
तथ्याङ्कले मार्चमा समाप्त भएको आर्थिक बर्ष २०२१ को लागि देशको कुल ग्राहस्थ उत्पादन २.१ प्रतिशतले वृद्धि भएको देखाएको छ । कोभिड महामारि सुरुभएको तीन वर्षको अवधिमा जुन पहिलो पटक कुल ग्राहस्थ उत्पादन सकारात्मक क्षेत्रमा फर्किएको हो ।