काठमाडौं, नेपाल ।
सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ बढाएको छ ।
वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो ।
अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । यो मूल्य हाल कायम रहेको मूल्यभन्दा १० रुपैयाँ बढि हो ।
निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।