(Japan) 20 th May | 2022 | Friday | 3:12:08 AM || (Nepal) 11:57:08 PM
 
 

जापान पर्यटन उद्योगका प्रतिनिधिद्धारा बिदेशी पर्यटक प्रवेश तत्काल खुलाउन आव्हान

  POSTED ON : Saturday, 14 May, 2022 | Views : 252

जापान पर्यटन उद्योगका प्रतिनिधिद्धारा बिदेशी पर्यटक प्रवेश तत्काल खुलाउन आव्हान


टोकियो, जापान ।

जापान पर्यटन उद्योगका प्रतिनिधिहरुको एक समुहले पर्यटन मन्त्रालयसँग बिदेशी पर्यटक प्रवेशलाई यथाशक्य छिटो खुलाउन आग्रह गरेका छन् ।

कोरोना भाइरस महामारीको कारण जापान सरकारले बिदेशी पर्यटक आगमनलाई दुई वर्षयता प्रवेश रोकिराखेको छ ।

पर्यटन उद्योग समुहका सदस्यहरुले बिहिबार पर्यटन मन्त्री साइतो तेत्सुओ समक्ष ज्ञापनपत्र बुझाएका छन् । यसमा जापान यात्रा एजेन्ट संघ, जापान होटल संघ, प्रमुख विमान सेवा कम्पनी तथा जापान रेलवे कम्पनी सहभागी थिए ।

जापान दुनियामा थोरै देशहरु मध्ये रहेको छ जहाँ पर्यटक प्रवेश बन्द रहेको छ ।

जापान सरकार बिदेशी पर्यटक प्रवेश जुनबाट चरणबद्ध रुपमा खुलाउने तयारीमा रहेको छ । यस बारेमा प्रधानमन्त्री किशिदा फुमिओले सार्वजनिक रुपमा नै घोषणा गरिसकेका छन् ।