(Japan) 5 th June | 2023 | Monday | 3:46:46 AM || (Nepal) 12:31:46 AM
 
 

एनआरएनए जापानद्वारा मे १५ तारिख टोकियोमा नेपाल फेस्टिवल बिशेष छलफल आयोजना

  POSTED ON : Tuesday, 10 May, 2022 | Views : 2314

एनआरएनए जापानद्वारा मे १५ तारिख टोकियोमा नेपाल फेस्टिवल बिशेष छलफल आयोजना


टोकियो, जापान ।

गैरआवासीय नेपाली संघ जापानले यही मे १५ तारिखका दिन एक बृहत छलफल कार्यक्रम आयोजना गर्नेभएको छ । आसन्न नेपाल फेस्टिवलसँग सम्बन्धित विषयहरुमा छलफल तथा परामर्श गर्नका लागि एनआरएनए जापानले छलफल कार्यक्रम आयोजना गरेको प्रवक्ता सुवास लामिछानेले जानकारी दिनुभयो ।

कार्यक्रम राजधानी टोकियोको ओकुबो स्थित सोलमारी मुरा हलमा दिनको ३ बजेबाट आयोजना गरिने भएको छ । छलफल कार्यक्रममा जापानमा रहेका सबै संघसस्था, राजनीतिक दलसँग आबद्ध संगठन तथा सरोकारवाला समूहहरु सहित चासो राख्नुहुने सबैलाई यसै समाचारलाई आधार मानि उपस्थित भइदिनुहुनका लागि एनआरएनए जापानका प्रवक्ता लामिछानेले अपिल गर्नुभयो । यस बारेमा थप जानकारी आवश्यक परेमा एनआरएनए जापानको कार्यसमिती सदस्यहरुलाई सम्पर्क गर्न समेत उहाँले अनुरोध गर्नुभयो ।

छलफल कार्यक्रममा एनआरएनए जापानले आगामी जुलाई महिनाको ३० र ३१ तारिख राजधानी टोकियोस्थित नाकानोमा आयोजना गर्न लागेको नेपाल फेष्टिवल कार्यक्रमलाई कसरी सफल बनाउने भन्नेबारेमा सरोकारवाला समूह तथा व्यक्तिहरु सबैको सुझाव संकलन गरेर सोही अनुसार कार्यक्रम तय गर्ने योजना बनाएको प्रवक्ता सुवास लामिछानेले जानकारी दिनुभयो ।

नेपालको पहिचान झल्काउने एक उदाहरणिय फेस्टिवल आयोजना गर्न आम जापानवासी नेपालीहरुको विशेष भूमिका हुने भएकाले जो कोही ब्यक्ती सहभागि भएर आफ्ना महत्वपूर्ण बिचार कार्यक्रममा राख्न सक्ने लामिछानेको भनाइ छ । 

नेपाल फेस्टिवललाई नेपाल र जापान बिचको द्विपक्षीय सम्बन्ध थप सुमधुर बनाउन तथा नेपाली र जापानी नागरिक बिच जनस्तरमा समेत रहेको सम्बन्धलाई थप सुमधुर र मजबुत बनाउनको लागि स्थानीय निकायहरुसँग समेत एनआरएनए जापानले समन्वय गरिरहेको छ । एनआरएनए जापानले यसको लागि स्थानीय पर्यटन एजेन्सी, स्थानीय नगरपालिका लगायतसँग छलफल र सहकार्य गरिरहेको बताएको छ ।

जापानमा रहेका नेपालीहरुमाझ सर्वाधिक लोकप्रिय चाडको रुपमा समेत स्थापित नेपाल फेस्टिवल जुलाईमा राजधानी टोकियोमा आयोजना हुने भएपछि जापानभरबाट नेपाली संघसंस्थाका प्रतिनिधि, नेपाली तथा जापानी व्यवसायीहरुले आफ्ना स्टल लगायत व्यवसाय प्रबर्द्वनका लागि समेत उक्त कार्यक्रमलाई सदुपयोग गर्न चासो र सरोकार राख्दै सम्पर्क गर्न थालेको एनआरएनए जापानले जनाएको छ ।

नेपाल फेस्टिवल लाई सभ्य भब्य र नेपाली पहिचान सकाउने बनाउनकालागि एनआरएनए जापान राष्ट्रिय समन्वय परिषदले अध्यक्ष शिव प्रशाद पौडेलको संयोजकत्वमा बृहत तयारी गरिरहेको छ ।