(Japan) 20 th May | 2022 | Friday | 3:22:24 AM || (Nepal) 12:07:24 AM
 
 

मे ८ मा एनआरएनए जापान कान्तो क्षेत्रिय समितिको बिबिक्यु कार्यक्रम

  POSTED ON : Thursday, 05 May, 2022 | Views : 308

मे ८ मा एनआरएनए जापान कान्तो क्षेत्रिय समितिको बिबिक्यु कार्यक्रम


टोकियो, जापान ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान कान्तो क्षेत्रिय समितिको आयोजनामा यहि मे महिनाको ८ तारिख आईतबार बिबिक्यु कार्यक्रम हुने भएको छ ।

लामो समयदेखी सामूहिक भेटघाट नभएको र नेपाली भाईचारालाई अझ प्रगाढ बनाउन एनआरएनए कान्तो क्षेत्रिय समितिको आयोजनामा यहि मे महिनाको ८ तारिख आईतबार बिबिक्यु कार्यक्रम गर्न लागेको संघका संयोजक दिपेश केसीले बताउनुभयो ।

संघका उप-संयोजक सुरेश केसीको संयोजकत्वमा कान्तो क्षेत्रिय समितिले बिबिक्यु कार्यक्रम तय गरेको छ।

समितिले जापान स्थित विभिन्न संघ,संस्थाका प्रतिनिधि लगाएत सम्पुर्ण जापानबासी नेपाली दाजुभाई,दिदिबहिनीहरु लाई उपस्थितिको हुन अनुरोध गरेको छ ।

सो कार्यक्रम बिहान १० बजे देखि दिऊँसो ४ बजे सम्म लाई नोबोरितो स्टेशन बाट ५ मिनेटको दुरीमा रहेको तामा रिभरमा हुने जानकारीसंयोजक सुरेश केसीले जानकारी गराऊनु भएको छ।