टोकियो, जापान ।
जापानमा नेपाली संघसस्थाका तर्फबाट अहिलेसम्मकै बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान र क्षेत्रिय समितिहरूको संयुक्त आयोजनामा जापानको प्रमुख शहरहरू र नेपालको काठमाण्डौ स्थित एनआरएनएको केन्द्रिय कार्यालयमा एकै समय एउटै ब्यानरमा ४१८ जनाले रक्तदान गरेका छन ।
नेपाल र जापान दुई देशको सम्बन्धलाई अझ प्रगाढ गराउने उद्देश्यले आयोजना गरिएको उक्त रक्तदान कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई संघको तर्फबाट धन्यवाद एवं आभार प्रकट गरिएको संघकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक संगिता अधिकारी सुवेदीले बताउनुभयो ।
सफलतापूर्वक सम्पन्न रक्तदान कार्यक्रमको विवरण संकलन भइरहेको बताउंदै एनआरएनए जापानका प्रवक्ता सुवास लामिछानेले छीट्टै बिस्तृत जानकारी सार्वजनिक गरिने बताउनुभयो ।