(Japan) 18 th April | 2024 | Thursday | 10:09:32 AM || (Nepal) 6:54:32 AM
 
 


एनआरएनए जापानद्वारा क्षेत्रिय भेला सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन

  POSTED ON : Tuesday, 08 March, 2022 | Views : 3366

एनआरएनए जापानद्वारा क्षेत्रिय भेला सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन


टोकियो, जापान ।

गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानले हालै सम्पन्न प्रथम क्षेत्रिय भेला एतिहासिक रुपमा भब्यताका साथ सम्पन्न भएकोमा सहभागि सहित सहयोगी सबैमा धन्यवाद ब्यक्त गरेको छ ।

एनआरएनए जापानका प्रवक्ता सुवास लामिछानेले एक बिज्ञप्ती जारी गर्दै एनआरएनए जापानको आयोजना र एनआरएनए जापान, चिबा क्षेत्रीय कार्यसमितिको ब्यबस्थापनमा आयोजित प्रथम क्षेत्रिय भेला कार्यक्रम यही मार्च ५ तारिख भब्यरुपमा सम्पन्न भएको जनाउनु भएको छ ।

क्षेत्रिय भेला अघि मार्च ४ तारिख साँझ १२ वटै क्षेत्रबाट सहभागि प्रतिनिधिहरुको स्वागतार्थ रात्रीभोजको आयोजना गरेको थियो ।

‘प्रथम क्षेत्रीय भेलामा जापानभरबाट एनआरएन अभियन्ताहरु सहित दर्जनौ संघसंस्था र सामाजिक व्यक्तित्वहरूको उत्साहजनक सहभागिताबाट हामीमा जापानवासी नेपालीको लागि काम गर्ने थप उर्जा बढेको  महसुस गरेका छौं’ बिज्ञप्तिमा उल्लेख छ ‘कार्यक्रममा पाल्नु भएका आगन्तुक र एनआरएनए अभियन्ताहरुलाई आवश्यक सम्पूर्ण व्यवस्थापनमा खटिनुहुने स्वयंसेवक, एनआरएन चिवा, कान्तो र सम्पूर्ण क्षेत्रिय   समितिहरु, कार्यक्रम भब्यरुपमा सफल बनाउनको लागि आर्थिक, भौतिक तथा अन्य सम्पूर्ण सहयोग गर्नुहुने सहयोगी दाताहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।’

‘भेलामा उपस्थित भएर आफ्ना धारणा, सुझाव, मार्गदर्शन र थप सशक्त कार्यक्रमहरु अगाडि बढाउन सुझाव दिएका अग्रज, सहकर्मी र शुभेच्छुक सबैप्रति धेरैधेरै आभार व्यक्त गर्दै बिज्ञप्तिमा प्राप्त सुझाव सल्लाह अनुसार नै एनआरएनए जापान अघि बढ्ने तथा यस्तै साथ र सहयोगको अपेक्षा सहित आगामी दिनमा पनि साथ र सहयोग पाउने अपेक्षा’ गरिएको उल्लेख छ ।

प्रवक्ता लामिछानेले बिज्ञप्ती मार्फत ’एनआरएनए जापान प्रथम क्षेत्रिय भेला कार्यक्रम सफलतापूर्वक भव्यरुपमा सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण जापानवासी नेपालीहरु, १२ वटै क्षेत्रिय समितिका संयोजक र सम्पूर्ण सदस्य, एनआरएनए जापान राष्ट्रिय समन्वय परिषद २०२१-२०२३ कार्यसमिति सदस्यहरु, संघसंस्थाका प्रतिनिधीहरु, पत्रकार, समाजसेबी, ब्यवसायी सबैमा धन्यवाद’ ब्यक्त गर्नुभएको छ ।

सम्बन्धित सामग्री: