(Japan) 29 th March | 2024 | Friday | 2:21:53 PM || (Nepal) 11:06:53 AM
 
 


डा. बलराम श्रेष्ठ जापानबाट एनआरएनए आईसीसी सदस्यका बलिया दावेदार, संक्षिप्त योगदान

  POSTED ON : Friday, 23 July, 2021 | Views : 5190

डा. बलराम श्रेष्ठ जापानबाट एनआरएनए आईसीसी सदस्यका बलिया दावेदार, संक्षिप्त योगदान


टोकियो, जापान ।

जापानवासी नेपालीहरुमाझ अधिवक्ताको रुपमा परिचय स्थापित गर्नुभएका डा. बलराम श्रेष्ठ एनआरएनए आईसीसी सदस्यमा बलिया उम्मेदवार देखिनुभएको छ ।

डा. श्रेष्ठले आगामी सन् २०२१-२०२३ को लागि एनआरएनए आईसीसी सदस्यमा जापानबाट उम्मेदवारी दिनुभएको छ ।

जापानमा रहनुभएका नेपाली सहित जापानी समुदायमाझ समेत नेपाली अन्तर्राष्ट्रिय अधिवक्ताको रुपमा स्थापित डा.श्रेष्ठले जापानमा नेपालीहरुमा आईपर्ने विविध कानुनी समस्याहरुको समाधानमा सहयोगी भूमिका निभाउँदै आउनुभएको छ ।

व्यवसायिक क्षेत्रसँगै सामाजिक संघसंस्था, लगायत प्राज्ञिक क्षेत्रमा समेत आफ्नो सक्रिय उपस्थिति जनाउँदै आउनुभएका डा. श्रेष्ठले राजधानी टोकियोमा आफ्नै ल फर्म संचालन गर्दै आउनुभएको छ ।

डा. श्रेष्ठले त्रिभुवन विश्वविद्यालय बाट स्नातकोत्तर तह र जापानको टोकियो कृषि तथा प्रविधि विश्वविद्यालय टोकियो युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीबाट विद्यावारिधी गर्नुभएको छ ।

एनआरएनए अभियानमा स्थापनाकाल देखिनै सक्रिय उपस्थिति र भूमिका निभाउँदै आउनुभएका डा. श्रेष्ठ जापानमा रहेर नेपाल जापान बिचको आर्थिक, सामाजिक तथा वौद्धिक सम्बन्ध विकासमा पुलको भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

एनआरएनए जापान स्थापनामा आवद्ध डा. श्रेष्ठ सन् २००३ मा एनआरएनए जापानको विधान ड्राफ्ट समितिमा समेत रहनुभएको थियो । २००७ देखि २०११ सम्म चुगोकु चुहो क्षेत्रको संयोजक भएर काम गरिसक्नुभएका श्रेष्ठले एनआरएनए उच्चस्तरिय छानविन समितिको सदस्य सचिब देखि एनआरएनए जापानको उच्चस्तरिय विज्ञ समितिमा रहेर समेत आफ्नो योगदान दिनुभएको छ ।

एनआरएनए अन्तर्राष्ट्रिय फाउण्डेशनमा संस्थापक सदस्य भएर काम गरिसक्नुभएका डा। बलराम श्रेष्ठले एनआरएनए जापानको निर्वाचन अधिकृतको रुपमा काम गर्नुका साथै विभिन्न समस्याहरुमा समाधानार्थ नेतृत्वदायि भूमिका निभाइसक्नुभएको छ ।

दर्जनौं संस्थामा आवद्ध, आधा दर्जन बढी संस्थामा नेतृत्वदायि भूमिका निभाईसक्नुभएका श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शको जापानस्थित वाणिज्यदूतको रुपमा रहनुभएको छ ।

नेपालमा अन्तर्राष्ट्रिय अधिवक्ता, विज्ञ अनुसन्धानकर्ताको रुपमा परिचित डा। बलराम श्रेष्ठ जापानी समाजको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासको क्षेत्रमा परिचित नामको रुपमा रहेको छ ।

...

डा.बलराम श्रेष्ठ को सामाजिक कार्य मा संलग्नता निम्न अनुसार छ

१. २००५ देखि २००१२ सम्म नेपाल को जन जागृती स्कुल लगायत अन्य स्कुलहरुमा १००० जना भन्दा बढी लाइ एस.एल.सी सम्म पढ्न छात्रवृति प्रदान गरेको 

२. २००९ देखि २०१८ सम्म जापानी प्रविधिले नेपालमा बृक्षारोपण गरि करिब १ लाख भन्दा बढी बृक्षारोपण गरि नेपालको बाताबरण सम्रक्षण गर्ने अभियानको संयोजक भएर सेवा गरेको 

३. २००८ सालमा जापानबाट नेपालमा एम्बुलेन्स सहयोग गरेको 

४.नेपालको नया मुलुकी ऐन बनाउदा जापान लगायत बिभिन्न बिकसित देशको बैज्ञानिक कानुन समय सन्दर्भ अनुसार राखी बनाउने सुझाब पेश गरेको 

५. नेपालको संबिधान निर्माण गर्दा गैर आबासिय नेपालीको हक अधिकारलाई सुनिस्चित गर्न, डबल पासपोर्ट राख्न पाउने अधिकार दिदा नेपालीको अन्तरास्ट्रीय रुपमा बिकास गर्न सक्ने सुझाब पेस गरेको 

६. नेपालको विकास गर्न गैर आबसिय नेपालीलाई संसदमा बिसेषज्ञ संसदमा सहभागी बनाउन सकेमा आधुनिक प्रबिधि र विदेशी लगानी भित्राउन अहम भूमिका हुने सुझाब पेश गरेको 

७. २०११ मा जापानमा आएको महा भूकम्पमा फुकुशीमा र सेन्दाईमा जापान सरकारसंग मिलेर करिब ४००० जनालाई खाना ब्यबस्थापन गरेको र ५० भन्दा बढी फुकुसिमाको चुनामीले बालुवा भरिएको घर सफाई गरि जापानिज समाज मा नेपाली र नेपालीको अर्थपूर्ण सहयोग गर्न नेतृत्वदायि भूमिका निर्बाह गरेको 

८. २०१० देखि हाल सम्म करिब २० वटा भन्दा बढी नेपाल बिजिनेस सेमिनार आयोजना गरि नेपालमा अरबौ लगानी भित्राउन अग्रणी भूमिका निर्बाह गरेको 

९. बि.स.२०५६ देखि २०७५ साल सम्म नेपालीको एकल तथा गरिब आर्थिक कमजोर भएको २ लाख भन्दा बढी महिला महिलाहरुलाई उद्यमी र उद्यम गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष महिला सहकारी सम्बन्धि तालिम सेमिनार सस्था दर्ता र संचालन संबन्धि उत्प्रेरक भूमिका निर्बाह गरि महिला सशक्तीकरण तथा माइक्रो क्रेडिट सम्बन्धि बिसयमा जापानको टोक्यो बिश्वबिधालयबाट बिद्याबारिधि हासिल गरेको 

१०. बिदेसमा बिश्वमै एक मात्र नेपाली स्कुल एभेरेस्ट ईन्टरनेशनल स्कुलको संस्थापक सदस्यको रुपमा नेपाली बालबालिकाहरुको लागी असल शिक्षा प्रदान गर्ने कुरामा सधै क्रियासिल भई काम गरेको 

११. नेपालमा कोरोनाको कहरमा करिब १०० परिवारलाइ खाद्य बस्तु, २०,००० भन्दा बढी माक्स जापानबाट सहयोग झुटाई वितरण गर्ने संयोजन गरेको 

१२. २०७८ आषाढमा सिन्धुपाल्चोकमा आएको बाढीमा करिब १९८ परिबारलाई करिब ५ लाख भन्दा बढी नगद सहयोग गर्न संयोजनकारी भूमिका निर्बाह गरेको 

१३. बाग्लुंग, गुल्मी, धनुषा, डडेलधुरा लगायत क्षेत्रमा कोरोनाको कहरमा अक्सिजन कन्सन्ट्रेटर निसुल्क वितरण गर्न संसार भरिबाट करोडौ रकम संकलन गरि उपलब्ध गराउन पहलकदमी गर्न सक्रिय भूमिका निर्बाह गरेको 

१४. भारतले नेपाललाई नाकाबन्दी गर्दा तथा लिम्पियाधुराको नक्सा सार्वजनिक गर्दा भारत तथा नेपालको सम्बन्ध बिग्रिदा अन्तरास्ट्रिय स्तरबाट जापान लगायतको देशलाई नेपालीको पक्षमा सपोर्ट गर्न र भारत नेपालको सम्बन्धलाई सुधार्न अन्तरास्ट्रिय स्तरबाट बौद्धिक पहल गरेको 

१५. जापानको स्वास्थ्य सेवा बिश्वस्तरमा नै उच्च रहेकोले नेपालमा नेपालीहरु लाई पनि सोहि स्तरको सेवा प्रदान गर्न जापानको स्वास्थ्य सेवाको उच्च ज्ञानं हुने व्यक्तित्वहरुलाई हातेमालो गर्दै नेपालमा अस्पताल स्थापना गरेको 

१६. नेपालको संबिधान प्रजातान्त्रिक र बिश्वका अन्य देशहरुसंग मिल्ने खालको छ भन्ने बिसयमा प्रचार प्रसारमा बिभिन्न देशको बौद्धिक स्तरमा लबिंग गरेको 

१७. नेपालको सिन्धुपाल्चोक ,धनुषा, हेटौडा गोर्खा ,धादिंग ,काठमाडौँ लगायत जिल्लाहरुमा शिक्षाको ज्योति फैलाउन करिब ८ भन्दा बढी स्कुल निर्माण गर्न सहयोग गरेको 

१८. जापान स्थिति टोक्यो नोको बिश्वबिद्यालय, जापान नेपाल च्याम्बर अफ कमर्शसंग नेपाल च्याम्बर अफ कमर्श र नेपाल स्थित बिभिन्न सरकारी स्कुल बीच दुइ पक्षिय सहयोग र प्रबिधि आदान प्रदान गर्ने MOU गर्न लगाई नेपाल जापान को सम्बन्ध प्रगाड बनाउन भूमिका खेलेको 

१९. २०१५ सालमा नेपालमा भूकम्प जादा जापान नेपाल समाजबाट नेपालमा सहयोग जुटाउन पहल गर्दा करिब २० करोड भन्दा बढी रकम जापान स्थित नेपाली राजदुताबास मार्फत तथा जापानिज सस्थाहरु मार्फत सिधै नेपालमा सहयोग गर्न पहल गरेको 

२०.एन आर एन उच्चस्तरीय छानबिन समितिको सदस्य सचिबको भूमिका निर्बाह गरि सार्बजनिक सस्थाको बेथितिलाइ ब्यावस्थित गर्न उच्च स्तरको प्रतिबेदन २०२१ तयार गरि सबै सामु प्रस्तुत गरेको 

२१.२०११ मा जापानमा गरेको भूकम्पमा जापानबासी पिडित नेपालीहरुलाइ यथाशक्य सहयोग गरेको तथा ओसाका गएको राजदुताबासलाई टोक्यो फर्काउन सक्रिय पहल गरेको 

२२. सन २०१५ सालमा नेपालमा गएको भूकम्प प्रवाहित् ६ जिल्लाहरुमा पिडित नेपाली दाजु भाई दिदि बहिनिलाइ भेटघाट गरि जस्ता पाता, चामल खाद्य बस्तु उपलब्ध गराई सहयोग गरेको  

२३. Harvard बिश्व बिद्यालय, MIT विश्व बिद्यालय Stanford बिश्व बिद्यालय Cornell विश्वबिद्यालय,Tokyo बिश्व बिधालयम गरिबी निवारण तथा आर्थिक विकाससंग संम्बन्धित कार्यपत्रहरु प्रस्तुत गरेको अनुभब…

सम्बन्धित सामग्री: