सेन्दाई, जापान ।
नेपाली महिलाहरुको प्रमुख चाड तीजको अवसर पारेर जापानको सेन्दाइमा रहेका नेपाली महिलाहरुलाई मनोरञ्जन सहित नि:शुल्क दर खुवाउने कार्यक्रम आयोजना गरिएको छ ।
एनआरएनए क्षेत्रिय समिति सेन्दाइको आयोजनामा सेप्टेम्बर १७ तारिख नेपाली कला संस्कृति र परम्पराको जगेर्णा गर्दै परदेशी भूमीमा नेपाली पर्वलाई सामुहिक रुपमा मनाउने उदेश्य सहित तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको उप-संयोजक अनिल गिरीले जानकारी दिनुभयो ।
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अबसरमा आयोजित बृहत सांस्कृतिक कार्यक्रम तथा निःशुल्क दर खुवाउने कार्यक्रममा जापानमा नै रहेर नेपाली गीत संगीतमा आवद्ध कलाकारहरुले मनोरञ्जन दिलाउने भएका छन् ।
कार्यक्रममा गायक गायिकाहरु सुनिता अधिकारी, सुरेन्द्र लाम्गादे, सरु तामागं, लिला परियार, अरविन कुँवर लगायत कलाकारहरुले सांगितिक प्रस्तुती पस्कनुहुने कार्यक्रम प्रचारप्रसार संयोजकको जिम्मेवारी सम्हाल्नुभएका अनिल गिरीले जानकारी दिनुभयो ।
कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुति रहने कार्यक्रममा नि:शुल्क प्रवेश सहित दर खुवाउने कार्यक्रम रहेकाले सम्पुर्ण सेन्दाईबासी नेपाली दिदीबहिनीहरुमा प्रचारप्रसार संयोजक गिरीले निमन्त्रणा समेत गर्नुभयो ।