टोकियो, जापान ।
जापानमा रहेका स्याङ्जालीहरुको साझा संस्था स्याङ्जा समाज जापानले नेपाली महिलाहरुको प्रमुख चाड तीजको अवसरमा राजधानी टोकियो र नागोयामा तीज विशेष सांगितिक मनोरञ्जनात्मक कार्यक्रम गर्ने भएको छ ।
यसको लागि “तीज धमाका २०२३” नाम दिएर कार्यक्रमको तयारी पुरा गरिएको समाजका अध्यक्ष चित्र गुरुङले जानकारी दिनुभयो । जस अनसार सेप्टेम्वर १६ तारिख शनिवार नागोयाको नागोयासी नाकावार्ड (ओशु नोबुनागा हल खामिमाएजु स्टेशन बाट ८ अथवा ९ नम्बर एक्जिट बाट हिडेर ३ मिनेट) मा हुनेछ ।
सेप्टेम्बर १७ तारिख आईतबार दर खाने मुख्य दिन पारेर राजधानी टोकियोको ओजी स्टेशनमा रहेको “चुजुजी हल” मा आयोजना गरिन लागिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
समाजको स्थापना कालदेखि नै जापानको टोकियो, नागोया लगायत विभिन्न शहरहरुमा नेपालका ख्याती प्राप्त कलाकारहरुलाई आमन्त्रित गरी जापानमा रहेका नेपाली महिला दीदी बहिनी हरुलाई तीजको मनोरन्जन प्रदान गर्दै आईरहेको स्याङ्जा समाज जापानले जापानबासी नेपाली समुदायहरुको तीजको प्यास मेटाउनको लागि यसपटक जापानबासी नेपाली समुदायहरुको तीजको प्यास मेटाउनको लागि दोहोरी च्याम्पीयन “प्रकाश पराजुली” लाई ल्याउँदैछ । प्रकाशसँगै चर्चित गीत “झ्यालमा पर्दा छ” गीतका गायिका सुमन थापा मगर, चर्चित तीज गीत “घर सुन्यै भो” का गायक घनश्याम रिजाल, चर्चित कार्यक्रम उद्घोषिका उमादेवी खनाल, चर्चित गीत “आफ्नै मन घाईते बनाउँछु” का गायक युवराज आचार्य, चर्चित गीत “जापानलेनी धोको पुर्यायो” का गायक समुन्द्रराज पौडेल, ईश्वर थापा लगायत विभिन्न ख्याती प्राप्त कलाकारहरुले सांगितिक मनोरञ्जन गराउने भएका छन् ।
कार्यक्रम मनोरन्जनका लागि मात्र नभई कार्यक्रमबाट उठेका बचत रकमबाट जिल्लाका दुर्गम गाउँहरुमा “दन्त शिविर” साथै आपतकालीन “राहातकोष सहयोगार्थ“ खर्च गरिने बताइएको छ । यसको लागि सम्पूर्ण जापानबासी दाजुभाई तथा महिला दीदी बहिनीहरूले भरपूर मनोरन्जन लिँदै पून्य काममा सहभागी भईदिनुहुन समेत समाजका क्षेत्रीय समिति नागोयाका अध्यक्ष मित्र सिग्देलले अनुरोध गर्नुभयो ।
समाजले गर्ने बार्षिक कार्यक्रम सबै ठाउँमा भव्य र सव्य तबरले सफल पार्नको लागि टोकियोमा निवर्तमान अध्यक्ष धुर्व ज्ञवाली र नागोयामा क्षेत्रीय बरिष्ठ उपाध्यक्ष राजेन्द्र लम्साललाई कार्यक्रम संयोजकको रुपमा जिम्मेवारी तोकिएको बताइएको छ ।