(Japan) 5 th June | 2023 | Monday | 2:49:26 AM || (Nepal) 11:34:26 PM
 
 

शनिवार टोकियोमा समता स्कुल जापानबारे उत्तम सञ्जेलसँग विशेष साक्षात्कार

  POSTED ON : Friday, 24 March, 2023 | Views : 1068

शनिवार टोकियोमा समता स्कुल जापानबारे उत्तम सञ्जेलसँग विशेष साक्षात्कार


टोकियो, जापान ।

शिक्षा अभियन्ताको रुपमा सुपरिचित उत्तम सञ्जेलसँग शनिवार टोकियोमा विशेष साक्षात्कार कार्यक्रम हुने भएको छ । गैर आवासिय नेपाली संघ जापान र नेपाल जापान विजनेस एक्सचेन्ज एशोसिएसनको आयोजनामा मार्च २५ तारिख टोकियो ओकुबो स्थित सोलमारी मुराहलमा कार्यक्रम हुने भएको हो ।

नेपालमा मासिक १०० रुपैयाँमा विद्यार्थीलाई अध्ययन गराउँदै आएको समता स्कुल तथा समता शिक्षा निकेतनलाई न्यून आय भएका गरिव विद्यार्थीहरुको उच्च शिक्षाको केन्द्रको रुपमा लिने गरिन्छ ।

तिनै समक्षा स्कुल स्थापनाका शिक्षा अभियन्ताले जापानमा रहेका नेपाली बालबालिकाहरुलाई न्यून शुल्कमा अध्ययन सुनिश्चित गराउने उद्देश्य सहित जापानमा समता स्कुल स्थापना गरिरहेकोमा त्यसको बारेमा जानकारी तथा जापानमा रहेका नेपालीहरुसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रम संयोजक डा. बलराम श्रेष्ठका अनुसार सबैको लागि शिक्षा कार्यक्रम, समता स्कुल जापान बारेमा कार्यक्रममा शिक्षा अभियन्ता उत्तम सञ्जेलले विस्तृत रुपमा जानकारी गराउनुहुनेछ ।

कार्यक्रम दिनको ठिक २ बजेर ३० मिनेटमा सुरुहुने भएकाले कार्यक्रम बारेमा चासो र सरोकार राख्नुहुने सबैलाई उपस्थितिको लागि जापान नेपाल चेम्बर अफ कमर्स (नेपाल जापान विजनेस एक्सचेन्ज एशोसिएसन)का अध्यक्ष समेत रहनु भएका डा. श्रेष्ठले आग्रह गर्नुभयो ।