टोकियो, जापान ।
गैर आवासिय नेपाली संघ जापानले १९औं एनआरएनए दिवशको अवसरमा चितवनको चेपाङ संरक्षण केन्द्रलाई १ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
एनआरएनए जापानकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक संगिता अधिकारी सुवेदी, महिला संयोजक अन्जु भण्डारी र चितवन समाज जापानका उपाध्यक्ष ईश्वरी कंडेलको उपस्थितीमा केन्द्रका अध्यक्षलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको छ ।
पूर्वी चितवनको रत्ननगरमा रहेको गामबेँसी चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न लगायत अत्यावश्यक वस्तु खरिदको लागि आर्थिक सहयोग गरिएको एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।
चेपाङ बालबालिकाहरुलाई अध्ययन तथा निशुल्क खाद्यान्न सहयो गर्दै आएको संरक्षण केन्द्रले आर्थिक अभावको सामना गर्दै आइरहेको खवरका बिच उक्त रकम सहयोग गरिएको बताइएको छ ।
यसअघि वर्तमान एनआरएनए जापानको कार्यसमितिले गत बर्ष १८औं एनआरएनए दिवश कार्यक्रम मार्फत संकलित नेपाली तिन लाख रूपैया समाजसेवी नन्दा सिंङ प्रसाईद्वारा संचालित ईनरभिजन नेपाल मार्फत गोल्डेन गार्डेन ईन्टरनेशनल स्कुलमा अध्यनरत ९ जना छात्रा र ३ जना छात्र गरि १२ जना सुदुरपश्चिमको दैलेख तथा कालिकोटबाट ल्याईएका बालबालिकलाई एक बर्ष सम्म अध्ययन गर्नका लागी छात्रबृत्ति स्वरूप प्रदान गरेको थियो ।