(Japan) 10 th December | 2023 | Sunday | 7:02:33 PM || (Nepal) 3:47:33 PM
 
 


रातोमाटो रेस्टुरेन्टद्वारा नेपाल पत्रकार महासंघ नवनिर्वाचित कार्यसमितिको सम्मान

  POSTED ON : Tuesday, 22 November, 2022 | Views : 1160

रातोमाटो रेस्टुरेन्टद्वारा नेपाल पत्रकार महासंघ नवनिर्वाचित कार्यसमितिको सम्मान


टोकियो, जापान ।

नेपाल पत्रकार महासंघ जापानको ५औं अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई नेपाली रेस्टुरेन्ट रातोमाटोले बधाई तथा सफल कार्यकालको शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

सिनओकुबोस्थित रातोमाटो रेस्टुरेन्टमा रेष्टुरेन्ट संचालक शिव हरि पौडेलले खादा लगाएर नवनिर्वाचित कार्यसमितीका पदाधिकारीहरुलाई कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा एनआरएन एसिया प्यासिफिक उपसंयोजक ददिवल खड्का, एनआरएन आइसीसी सदस्य रोबिन शेरचन, नेपाली ब्यबसायिक संघ जापानका अध्यक्ष बिजय थकाली, कुशल ब्यबसायी बिनोद शेरचन, ब्यबसायी सुमन कार्की लगायतको उपस्थिति रहेको थियो ।

औपचारिक कार्यक्रम पछि नेपाली रेस्टुरेन्ट रातोमाटोले नेपाल पत्रकार महासंघ जापान कार्यसमितिलाइ रात्री भोज समेत आयोजना गरी नेपाली माटाका भाँडाहरुमा सजिएको नेपाली मौलिक खानाका परिकारहरु चखाउनुभएको थियो ।

यसैवीच आजै नेपाली रेस्टुरेन्ट रातोमाटोमा नेपाल पत्रकार महासंघ जापानले एक कार्यक्रमको आयोजना गर्दै अधिवेशन सफल बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएका निर्वाचन समितिका संयोजक खगराज गौतम र गणेश खनियालाई नवनिर्वाचित अध्यक्ष शान्त कुमार पहरीले धन्याबाद स्वरुप कदर पत्र प्रदान गर्नु भएको छ ।

सम्बन्धित सामग्री: