(Japan) 3 rd October | 2023 | Tuesday | 5:57:45 AM || (Nepal) 2:42:45 AM
 
 


नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा शान्त पहरी नेतृत्वमा नयाँ कार्यसमिति चयन

  POSTED ON : Monday, 07 November, 2022 | Views : 1914

नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा शान्त पहरी नेतृत्वमा नयाँ कार्यसमिति चयन


टोकियो, जापान ।

नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा शान्त पहरी निर्वाचीत भएका छन् । आइतबार राजधानी टोकियोमा आयोजित निर्वाचन प्रक्रियाबाट अध्यक्षमा पहरी निर्वाचीत हुँदा उपाध्यक्षमा रविन्द्र श्रेष्ठ चयन भएका छन् ।

यसैगरि महिला उपाध्यक्षमा ईन्दिरा खनाल चयन भएकी छिन् ।

अध्यक्षमा पहरीसँगै पुर्णबहादुर चलाउने जम्मा ६ मत, कविकिरण न्यौपाने ११ तथा उपबिजेता दिपक गौतमले १४ मत प्राप्त गरेका छन् ।

महिला उपाध्यक्षमा ईन्दिरा खनाल एकजनाको मात्र उम्मेदवारी पर्दा सर्वसम्म चुनिएकी थिइन् । 

उपाध्यक्षमा बिजेता रविन्द्र श्रेष्ठ गोर्खालीले १८ मत पाउँदा उपबिजेता गोकर्ण अधिकारीले १७ मत पाएका थिए । यसैगरि बिनोदकुमार सापकोटाले ११ मत पाएका थिए ।

यसैगरी सचिव तर्फ सर्वसम्मत रुपमा राजन गौतम चयन भएका छन् ।

सह सचिव समावेशी तर्फ सजिना मोक्तान र सह सचिव खुला तर्फ विश्वास आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा अर्जुन लामिछाने सर्वसम्मत रुपमा चयन भएका छन् ।

यसैगरि कार्यसमिति सदस्यहरुमा लक्ष्मि पौडेल, कृष्णप्रसाद अधिकारी, विकास लम्साल, भुपेन्द्र केसी, विष्णु प्रसाद सापकोटा, दुबल सिंह गुरुगं प्रेमश र फुर्वा शेर्पा चयन हुँदा जापानबाट केन्द्रिय प्रतिनिधिको लागि मनिषा चौलागाई र राजविन थापालाई सर्वसम्मत चयन गरिएको छ ।

सम्बन्धित सामग्री: