(Japan) 30 th November | 2022 | Wednesday | 2:03:54 PM || (Nepal) 10:48:54 AM
 
 

गुल्मेली समाजद्धारा तिहार तथा छठ शुभकामना एवं चियापान कार्यक्रमको भव्य तयारी

  POSTED ON : Thursday, 20 October, 2022 | Views : 1164

गुल्मेली समाजद्धारा तिहार तथा छठ शुभकामना एवं चियापान कार्यक्रमको भव्य तयारी


टोकियो, जापान ।

जापानमा नेपाल गुल्मी जिल्ला घर भई बसोबास गर्दै आइरहेका नेपालीहरुको साझा संस्था गुल्मेली समाज जापानले यहि अक्टोबर २२ तारिख विजयी दशमी, दिपावली तथा छठ पर्व २०७९ को उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको तयारी पुरा गरेको छ ।

नेपालीहरूको महानचाडको अवसरमा टोकियो र आसपासमा रहेका गुल्मेलीहरु तथा समग्र नेपालीहरुविचको आपसी सम्वन्ध विस्तार सहित सौहार्दमा अभिबृद्ध गर्न शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको समाजका कार्यवाहक अध्यक्ष राम प्रसाद ढकालले जानकारी दिनुभयो ।

कार्यक्रम ओकुबो स्थित सोलमारी मुरा हलमा दिउँसो २ बजे देखि सुरु हुने र कार्यक्रमको लागि सबै तयारी पुरा भएको ढकालले जानकारी दिनुभयो ।

कार्यक्रमको लागि सबै गुल्मेलीहरुका साथै संघसंस्थाहरुलाई समेत निमन्त्रणा गरिएको बताउँदै कार्यबाहक अध्यक्ष राम प्रसाद ढकालले हालसम्म जानकारी र निमन्त्रणा नपाएका गुल्मेलीहरु सहित सबै नेपालीहरुमा यसै जानकारीलाई निमन्त्रणा सम्झि उपस्थित भइदिनुहुन हार्दिक अनुरोध समेत गर्नुभएको छ ।