(Japan) 17 th April | 2024 | Wednesday | 2:56:09 AM || (Nepal) 11:41:09 PM
 
 


मदन साउद पर्बत समाज जापानबाट नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुँदै, समाजद्धारा बिदाई कार्यक्रम

  POSTED ON : Tuesday, 11 October, 2022 | Views : 2012

मदन साउद पर्बत समाज जापानबाट नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुँदै, समाजद्धारा बिदाई कार्यक्रम


टोकियो, जापान ।

जापानमा रहेका पर्बत जिल्लावासीहरुको साझा संस्था पर्बत समाज जापानका सदस्य तथा राष्ट्रिय भलिवल खेलाडी मदन साउदले नवौं राष्ट्रिय खेलकुदमा भाग लिने भएका छन् । साउदलाई बधाई, शुभकामना सहित पर्वत समाज जापानले टोकियोमा एक कार्यक्रम आयोजना गरेको छ ।

पर्बत समाज जापान कार्यसमितिको दोस्रो बैठक बसेर पोखरामा सुरु भएको नबौ राष्ट्रीय खेलकुदमा भाग लिन नेपाल जान लागेका समाजका सदस्य तथा राष्ट्रीय भलिवल खेलाडी मदन साउदलाई शुभकामना सहित बिदा गरिएको समाजका अध्यक्ष सुभाष लामिछानेले जानकारी दिनुभयो ।

जापानबाट राष्ट्रिय खेलको रुपमा रहेको भलिवलमा राष्ट्रिय खेलाडिको रुपमा समाजका सदस्य सहभागी हुनु गर्वको बिषय रहेको बताउँदै उहाँलाई खेलमा सहभागी हुन आवश्यक सहयोग सहित समाजको तर्फबाट बधाई र शुभकामना सहित बिदाई कार्यक्रम गरिएको पर्वत समाज जापानका अध्यक्ष सुभाष लामिछानेले बताउनुभयो ।

यसैगरि जापानमा रहेका नेपाली समुदाय र समाजबिचको सम्बन्ध विस्तार तथा संस्थाका सदस्यहरु बिच भातृत्व बिकासको लागि बार बि क्यु कार्यक्रम राख्ने निर्णय समेत दोस्रो कार्यसमिति बैठकले गरेको छ । त्यस्तै समाजको उदेश्य परिपूर्ति गर्नको लागि बिधानत अधिकार प्रयोग गरि उमेश लामिछानेलार्इ सदस्यको रुपमा मनोनित गरिएको महासचिब राम बास्तोलाले जानकारी दिनुभयो ।

समाजका अध्यक्ष सुभाष लामिछानेको अध्यक्षतामा बसेको दोस्रो कार्यसमिति बैठक संचालन महासचिब राम बास्तोलाले गर्नुभएको थियो ।

सम्बन्धित सामग्री: