(Japan) 10 th August | 2022 | Wednesday | 9:07:08 PM || (Nepal) 5:52:08 PM
 
 

राजदूत दुर्गाबहादुर सुवेद्धीद्धारा जापानवासी नेपाली समक्ष चार प्रतिबद्धता (भिडियो सहित)

Gokarna Adhikari   POSTED ON : Friday, 05 August, 2022 | Views : 876

राजदूत दुर्गाबहादुर सुवेद्धीद्धारा जापानवासी नेपाली समक्ष चार प्रतिबद्धता (भिडियो सहित)


टोकियो, जापान ।

बुधवार जापान आईपुगेकै दिनबाट जिम्मेवारी सम्हाल्दै आजको काम आजै भोली नभन्ने नीति घोषणा गर्नुभएका जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले चार प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

जापान भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई जापानमा स्वागत तथा बिदाइ रात्रिभोज टोकियोको शिन ओकुबोमा आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै राजदूत सुवेदीले पहिलो प्रतिबद्धता अन्तर्गत जापान र नेपालबिच रहेको दौंत्य सम्वन्ध ऐतिहाँसिक र घनिष्ट रहेको बताउँदै यो सम्वन्धलाई अझ सुदृढ र मजबुद बनाउँदै अघि बढाउने बताउनुभयो ।

यसैगरि दोस्रो प्रतिबद्धता अन्तर्गत नेपालको आर्थिक सामाजिक, शैक्षिक र प्राविधिक विकासको लागि जापान सरकार र मैत्रिपूर्ण जापानी जनताबाट प्राप्त सहयोग र सहायताको निरन्तरता र अभिबृद्धीमा आफुले काम गर्ने राजदूत सुवेद्धीको भनाई छ ।

नेपाली र जापानी जनताबिच रहेको जनस्तरको सम्बन्धलाई अझ सुदृढ र प्रगाढ बनाउनु, जापानमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको हक, हितको रक्षा गर्नु आफ्नो तेस्रो प्रतिबद्धता रहेको बताउँदै राजदूत डा. दुर्गा बहादुर सुवेद्धीले भन्नुभयो नेपाली राजदूतावासले प्रदान गर्दै आएको राहदानी, कन्सुलर, प्रमाणीकरण, वारेसनामा लगायत हरेक सेवालाई चुस्त दुरुस्त बनाउनु मेरो चौथो लक्ष्य रहेको छ ।

पद बहाली गरेकै दिनमा आफुले आवश्यक कागजात सबै पेश गरेमा आजको आजै काम गर्ने, भोली नभन्ने भन्ने निर्णय गरेको बताउँदै राजदूत सुवेदीले आफु बेलायतमा राजदूतको रुपमा रहँदा समेत राजदूतावासबाट नो टुमरो अर्थात् भोली नभन्ने भन्ने नीति लागू गरेको स्मरण गर्नुभयो ।

घुम्ती सेवा मार्फत नेपालीहरुको उच्च बसोबास रहेको जापानको विभिन्न शहरमा गएर सेवा विस्तार गर्ने योजना आफुले बनाएको राजदूत सुवेद्धीले जानकारी गराउनुभयो ।

दूतावासले एउटा समुह बनाएर विभिन्न शहर, नगर र प्रान्तहरुमा गएर घुम्ती सेवा दिने र सम्भव भएसम्म घरघरमा सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाउँदै यसमा जापानवासी नेपालीहरुबाट साथ र सहयोगको अपेक्षा रहेको उहाँले बताउनुभयो ।

सो अवसरमा राजदूत सुवेदीले आफ्नो नेतृत्वमा राजदूतावासले गर्ने सकारात्मक र रचनात्मक काममा जापानवासी नेपालीहरुको सदाझै सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । नेपाली राजदूतावासलाई जापानवासी नेपाली दाजूभाई तथा दिदिबहिनीहरुको साझा घरको रुपमा उभ्याउने लक्ष्यमा सबैको सहयोग, सद्भाव र समर्थन प्राप्त हुने आशा र विश्वास राखेको राजदूत सुवेदीको भनाई छ ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको बिदाइ कार्यक्रममा नेपाली राजदूतावासका प्रथम सचिव अम्बिका जोशी, द्धितिय सचिव जीत बहादुर कार्की र तृतिय सचिव ज्ञानहरी ज्ञवालीको पनि उपस्थिति रहेको थियो ।

एनआरएनए आईसिसिका पूर्व अध्यक्ष भवन भट्ट, लगायत वर्तमान एनआरएनए आईसिसिका विभिन्न पदाधिकारीहरु सहित एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल, नेपाली व्यवसायी संघका अध्यक्ष बिजय थकाली, जापानबारे जानकार तथा लामो समयदेखी व्यवसाय, तथा विभिन्न पेशा र सेवामा रहँदै आउनुभएका झण्डै तीन दर्जन व्यक्ति रात्रिभोजमा सहभागी भएका थिए ।