(Japan) 10 th August | 2022 | Wednesday | 7:15:47 PM || (Nepal) 4:00:47 PM
 
 

नेपाल फेस्टिवलमा निमा रुम्बा जापान आउने, फेस्टिवल तयारी बारे पत्रकार सम्मेलन गरिंदै

  POSTED ON : Monday, 18 July, 2022 | Views : 686

नेपाल फेस्टिवलमा निमा रुम्बा जापान आउने, फेस्टिवल तयारी बारे पत्रकार सम्मेलन गरिंदै


टोकियो, जापान ।

यही जुलाई ३० र ३१ तारिख राजधानी टोकियोमा आयोजना गरिन लागिएको नेपाल फेस्टिवलमा नेपालबाट चर्चित पप गायक निमा रुम्बा आउने भएका छन् ।

फेस्टिवलमा सांस्कृतिक प्रस्तुती दिनको लागि रुम्बा नेपालबाट आउने भएका हुने । १२ औं नेपाल फेस्टिवलको दुवै दिन रुम्बाले आफ्ना लोकप्रिय गीतहरुको साथमा प्रस्तुती दिने तयारी भएको आयोजक गैर आवासिय नेपाली संघ जापानका प्रवक्ता सुभास लामिछानेले जानकारी दिनुभयो ।

यसैबिच नेपाल फेस्टिवल २०२२ को तयारी तथा आकर्षण लगायतका सम्पूर्ण जानकारीहरु सार्वजनिक गर्ने उदेश्य सहित आउँदो २२ तारिख बृहत पत्रकार सम्मेलन आयोजना गरिने भएको छ । 

नेपाली कला, संस्कृति, भेषभुषा तथा नेपाली परिकारहरु एवं नेपालको परिचय जापानिज नागरिकहरुलाई परिचय गराउनुको साथै हाम्रो कला-सांस्कृतिक आदान प्रदान गर्ने उदेश्यले नेपाली राजदूतावास र एनआरएनए जापानको आयोजनामा राजधानी टोकियोको नाकानो सिकिनो मोरि पार्कमा  फेस्टिवल हुँदैछ ।

फेस्टिवल प्रचार प्रसार संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठका अनुसार, अनौपचारिक रुपमा व्यापक प्रचार प्रसार भईरहेको फेस्टिवलको २२ तारिख पत्रकार सम्मेलन आयोजना गरि औपचारिक रुपमा जानकारी गराउन लागिएको हो । 

श्रेष्ठका अनुसार नेपाल फेस्टिवल २०२२ को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । जापानमा नेपालीहरुको गौरवको रुपमा चिनिँदै आएको नेपाल फेस्टिवलको यो १२ औँ संस्करण हो । फेस्टिवलमा २ दिनसम्म प्रस्तुत हुने कार्यक्रमहरु, त्यहाँ रहने विभिन्न स्टलहरु, सुरक्षाका उपायहरु लगायतका विषयमा पत्रकार सम्मेलनमा जानकारी गराईने बताइएको छ ।

पत्रकार सम्मेलन आउँदो २२ तारिख शुक्रबार बेलुकी जापानी समय अनुसार साँझ ७ बजेबाट अनलाईन माध्यमबाट आयोजना गरिने भएको छ ।