फुकुओका, जापान ।
गैर आवासीय नेपाली संघ जापान क्युश्यु क्षेत्रीय कार्यसमितिले नव-आगन्तुक विद्यार्थीलाई स्वागत एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
गैर आवासीय नेपाली संघ जापान क्युश्यु क्षेत्रीय कार्यसमितिका संयोजक अर्जुन थापाको सभापतित्व, एनआरएनए आइसीसी सह-कोषाध्यक्ष टंक गैरेको प्रमुख आतिथ्यता, हाम्रो नेपाली हामी नेपाली अभियानका संयोजक धर्मराज अधिकारीको विशेष आतिथ्यता, नेपाली वाणिज्य दुताबास फुकुओका सचिव दिपक देवकोटा, एनआरएनए जापान उपाध्यक्ष राम कृष्ण श्रेष्ठ, जापान सरकारी निकायका फुकुओका इन्टरनेशल एक्सचेन्ज फाउन्डेसनका वाङ सेइको सान र नागाता नाओ सान, फुकुओका सिटी इन्टरनेशल फाउन्डेसनका मीउरा सान, फुकुओका हाकाता प्रहरी फुकुसिमा सान र नागाओं सान, एनआरएन जापानका सचिव देवराज उप्रेतीको उपस्थितिमा कार्यक्रम सपन्न भएको हो ।
कार्यक्रममा एनआरएनए आइसीसी सदस्य लक्ष्मण बानियाँ, एनआरएनए क्युश्यु क्षेत्रीय कार्यसमितिका पुर्व संयोजक किरण बर्मा, फुकुओका नेपाल सोसाइटीका अध्यक्ष माधव सिग्देल, एनआरएनए जापानका सल्लाहकार सन्तोष थापा, जापानीज एनपिओ यू मेक इटका केन्जी सान, नेपाली भाषा बोल्ने नेपालीलाई माया गर्ने जापानीज मियाजाकी सान सेवि क्युसूका ओगाता सान लगायत जापानमा क्रियाशील समाजिक संघसंस्थाहरुका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उक्त अभिमुखिकरण कार्यक्रममा बोल्ने वक्ताहरुले नव आगन्तुक विद्यार्थी भाई बहिनीहरुलाई स्वागत तथा क्यूशु क्षेत्रको अवस्था, गर्नुपर्ने, काम, नियम, भबिस्यका बारेमा जानकारी सहित उज्ज्वल भविष्यको शुभकामना समेत दिएका थिए । साथै बिद्यार्थीहरुमा पर्ने समस्याहरुमा सहयोग गर्न तत्पर रहेको कुरा बताएका थिए ।
नेपाली विद्यार्थीहरु जापानको क्युश्यु क्षेत्रमा आएका विद्यार्थीलाई पार्ट टाइम जागिरको समस्यालाई समाधान गर्ने विभिन्न निकायहरुसंग पहल, सहकार्य गर्दै आएको र सहयोग पनि गरिरहेको जानकारी गराइएको थियो । जापानमा आइसके पछि आइपर्ने विभीन्न समस्यासँग जुध्दै कसरी अगाडी बढ्ने भन्ने कुराहरुको बारेमा चेतना मुलक अभिमुखिकरण जानकारी कार्यक्रमा प्रस्तुत गरिएको थियो ।
पार्टटाइम काम खोजि गर्न सहयोग गर्ने उदेश्यले पनि कार्यक्रम आयोजना गरीएको गैर आवासीय नेपाली संघ जापान क्युश्यु क्षेत्रीय कार्यसमितिका उप-संयोजक विवेक बुढाथोकिले जानकारी दिए । उक्त कार्यक्रमको संचालन गैर आवासीय नेपाली संघ जापान क्युश्यु क्षेत्रीय कार्यसमितिका सचिव कृष्ण हरि पाठकले संचालन गरेका थिए ।
…
दृष्टिपथ