(Japan) 10 th August | 2022 | Wednesday | 7:59:48 PM || (Nepal) 4:44:48 PM
 
 

जापानमा समस्यामा परेका नेपालीलाई सहयोग गर्न 'जनप्रगतिशील हेल्प डेक्स' गठन

  POSTED ON : Saturday, 02 July, 2022 | Views : 1906

जापानमा समस्यामा परेका नेपालीलाई सहयोग गर्न 'जनप्रगतिशील हेल्प डेक्स' गठन


टोकियो, जापान ।

नेपाली जनप्रगतिशील मञ्च जापानले जापानवासी नेपालीहरुको माझ दुःख-सुखको सहयात्री बन्ने मनशायका साथ विभिन्न समस्यामा पर्दा समन्वय, सहजिकरण तथा सहयोग गर्ने उदेश्य स्वरुप 'जनप्रगतिशील हेल्प डेक्स' विभाग गठन गरेको छ ।

जापानमा समस्यामा परेका नेपालीहरुको सहयोगको सक्दो समर्पित हुन हेल्प डेक्स गठन गरिएको बताइएको छ । जनप्रगतिशील मञ्चले विभागका जापानका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्नेगरि प्रतिनिधीहरु समावेश गरेको छ ।

जापानमा रहेका नेपालीहरुलाई केहि सहजिकरण आवश्यकता, समन्वय, सल्लाह तथा कुनै समस्या पर्दा नजिक हुने क्षेत्रका प्रतिनिधिसँग सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

जनप्रगतिशील हेल्प डेस्कका संयोजक तथा टोकियो क्षेत्रका सम्पर्क व्यक्ति राज पुरीले भन्नुभयो 'हामी विदेशमा छौं, तपाइलाई हामीले पूर्ण सहयोग अथवा समस्या समाधान नै गर्न सक्छौं भने त भन्न सक्दैनौं तर हामीसम्म आइपुग्दा केहि न केहि उपाय, सल्लाह तथा सुझाव भने हामी दिने कोशिष गर्नेछौं ।'

तपाईलाई पनि कुनै समस्या परेको खण्डमा माथि तस्विरमा देखिएको आफ्ना क्षेत्र वा नजिकको क्षेत्रको प्रतिनीधिसँग सम्पर्क गर्नसक्नुहुनेछ ।