नागोया, जापान ।
म्याग्दी प्रवासी नेपाली संघ मोना क्षेत्रीय समिति नागोयाले जापानमा नवप्रवेशीका रुपमा आएका म्याग्देलीहरुलाई स्वागत र सम्मान कार्यक्रममा सम्पन्न गरेको छ ।
आईतबार नागोयाको दियालो रेष्टुरेण्टमा मोना क्षेत्रीय समिति नागोयाको आयोजनामा नवप्रवेशीलाई स्वागत र सम्मान कार्यक्रममा सम्पन्न गरेको हो ।
सम्मान कार्यक्रममा मोना आईईसी वरिष्ठ उपाध्यक्ष ददीवल खडका, मोना आईसिसी कोषाध्यक्ष महेन्द्र खडका, म्याग्दी प्रवासी नेपाली संघ एसिया प्यासिफिक संयोजक दीपक कार्की, गैरआवासीय नेपाली संघ एसिया प्यासिफिक संयोजक पारसमणि पोखरेल, गल्कोट समाज जापानका अध्यक्ष यम खत्री, नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजेश थकाली, कास्की पोखरा समाजका पूर्वअध्यक्ष विकास श्रेष्ठ, नेपाली व्यवसायी संघ जापानका बिभिन्न पदाधिकारीहरु, मोना जापान केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थित रहेको थियो ।