नागोया, जापान ।
गैर आवासिय नेपाली संघ जापान क्षेत्रिय समिति नागोयाले नयाँ विद्यार्थीहरुलाई लक्षित गरेर पार्ट टाइम काम सम्वन्धि विस्तृत जानकारी उपलब्ध गराउन एक कार्यक्रम गर्ने भएको छ ।
एनआरएनए क्षेत्रीय समिति नागोया र नेपाली विद्यार्थी समाज जापान नेसाजको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । कार्यक्रम यहि जुन १२ तारिक आईतबार गरिने भएको छ । बिद्यार्थीहरुमा देखिएको पार्ट टाईम जब सम्बन्धी विषयमा विस्तृत जानकारी कार्यक्रम मार्फत गराइने आयोजकले जनाएको छ ।
कोभिड महामारिपछि करिव तीन बर्षको अन्तरालमा जापान आईपुगेका नेपाली विद्यार्थीहरुलाई पार्ट टाईम जबका बारेमा धेरै समस्या र दुविधा रहेकाले यस बारेमा जानकारी गराउन कार्यक्रम गरिन लागिएको आयोजकको भनाइ छ ।
कार्यक्रममा विद्यार्थीहरुको समस्यालाइ मध्यनजर गर्दै विभिन्न काम लगाउने कम्पनीका प्रतिनिधि व्यक्तिहरुको उपस्थिति रहनुका साथै जापानमा पार्ट टाइम काम के हो र यसका विविध पक्षहरुको बारेमा विस्तृत रुपमा जानकारी गराइने भएको छ ।
हालैका दिनमा नयाँ नेपाली विद्यार्थीहरुको चाप जापानमा बढिरहँदा पार्ट टाईम काम पाउन समस्या पाएमा पनि बैंक तथा हातमा नगद पाउने काम जस्ता विषयमा देखिएको भ्रम र समस्या समाधानमा कार्यक्रम उपयोगी हुने विश्वास गरिएको छ ।
कार्यक्रममा पार्ट टाईम काम सहित जापान बसाईमा गर्नुपर्ने आधारभुत प्रकृयाहरुको बिषयमा बिशेष जानकारी मुलक कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।
नागोया र आसपासको क्षेत्रमा रहनुहुने नवआगन्तुक विद्यार्थीहरु सहित सरोकारवाला सबै व्यक्तिहरुले यो कार्यक्रममा तस्विरमा उल्लेखित स्थान, मिति र समयमा सहभागीता जनाउनसक्नुहुन्छ ।