(Japan) 3 rd July | 2022 | Sunday | 5:50:26 AM || (Nepal) 2:35:26 AM
 
 

नेपाल फेस्टिवल मूल आयोजक कमिटि गठन, विभागिय जिम्मेवारी बाँडफाँड सहित स्टल बुकिगं खुल्यो

  POSTED ON : Tuesday, 17 May, 2022 | Views : 1858

नेपाल फेस्टिवल मूल आयोजक कमिटि गठन, विभागिय जिम्मेवारी बाँडफाँड सहित स्टल बुकिगं खुल्यो


टोकियो, जापान ।

नेपाली राजदूतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा आगामी जुलाई ३० र ३१ तारिख आयोजना हुन लागेको नेपाल फेस्टिवल सफल बनाउन मूल आयोजक कमिटि गठन गरिएको छ ।

एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलको संयोजकत्वमा नेपाल फेस्टिवल २०२२ मूल आयोजक कमिटि गठन गरिएको प्रवक्ता सुवास लामिछानेले जानकारी दिनुभयो ।

हालको लागि विभिन्न ९ वटा विभाग गठन गरिएको र फेस्टिवल आयोजनामा एनआरएनए जापानसँगै नेपाली राजदूतावास जापान पनि आयोजकका रुपमा रहने तय भएको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो ।


नेपाल फेस्टिवल २०२२ मूल् आयोजक कमिटि

संयोजक - शिव प्रसाद पौडेल

सह-संयोजक कोमियामा योशिहारु जापान विभाग

सचिव - सिद्धार्थ श्रेष्ठ

सहसचिव - कमल बाँस्तोला


गठन गरिएका विभागहरु

प्रचार प्रसार

संयोजक रामकृष्ण श्रेष्ठ


स्टल स्टेज व्यवस्थापन

संयोजक सुवास लामिछाने


अतिथि सत्कार

संयोजक संगिता अधिकारी सुवेदी


आर्थिक संकलन

संयोजक नबिन निउरे


कार्यक्रम संचालन एवं कार्यतालिका व्यवस्थापन

संयोजक सिद्धार्थ श्रेष्ठ


गोमी व्यवस्थापन एवं स्वयंसेवक परिचालन

संयोजक राकेश लामा


सांस्कृतिक एवं मनोरञ्जन व्यवस्थापन

संयोजक रामकृष्ण बम मल्ल


स्टल सामान बाँडफाँड व्यवस्थापन

संयोजक राम थापा अनिल

अनुगमन

संयोजक अञ्जु भण्डारी

नेपाल फेस्टिवल सम्पूर्ण जापानवासीहरुको साझा कार्यक्रम भएको जनाउँदै एनआरएनए जापानले फेस्टिवलमा जापानमा रहेका सबै संघसंस्थालाई सह संयोजकको रुपमा राख्ने भएको छ ।

एनआरएनए जापान र नेपाली राजदुताबास जापानको समयुक्त आयोजना, १२ क्षेत्रिय समिती तथा जापान स्थित सम्पूर्ण चलायमान संघसंस्थाहरु सहायोजक रहने महसचिव सिद्वार्थ श्रेष्ठले जानकारी दिनुभयो । यसको लागि सम्पूर्ण संघसस्थालाई अनुरोध पत्र पठाइने भएको छ ।

यस बाहेक फेस्टिवल आयोजना गर्न ठूलो धनराशी खर्च हुने भएकाले ५ मान जापानी येन आर्थिक सहयोग गर्ने संघसंस्थालाई भने सह आयोजकका रुपमा नै राख्ने भएको प्रवक्ता सुवास लामिछानेले जानकारी दिनुभयो ।

स्टल बुकिगं मे १७ तारिख मंगलबारबाट खुला गरिएको लामिछानेले जानकारी दिनुभयो । जस अन्तर्गत वस्तु तथा सेवा बुक पान स्टलहरुको लागि १५ मान जापानी येन तोकिएको छ ।

रेष्टुरेण्टहरुको लागि भने ४५ मान येन शुल्क निर्धारण गरिएको छ । यस बाहेक रेष्टुरेण्टहरुले फेस्टिवल अगावै १० मान येन डिपोजिट राख्नुपर्ने छ । यो रकम रेष्टुरेण्टजन्य स्टल राख्ने व्यवसायिले फोहोर फालेमा, अन्य सरसफाई तथा पार्क क्षेत्रमा क्षति पुर्याएमा पर्न गएको क्षतिको रकम कट्टा गरि फिर्ता गरिने भएको छ । नियमानुसार स्टल राख्नेको भने सबै रकम फिर्ता हुने एनआरएनए जापानका प्रवक्ता सुवास लामिछानेले बताउनुभयो ।

पहिला बुकिगं गर्नेलाई प्राथमिकताको आधारमा स्टल उपलब्ध गराइने भएकाले ईच्छुक व्यक्ति तथा संघसंस्थाहरुलाई यथाशक्य छिटो स्टल लिन आग्रह गरिएको छ । फेस्टिवल स्थलमा बुकपान स्टल १५ वटा र रेष्टुरेण्टको लागि २० वटा मात्र स्टल रहनेछ ।

यस बर्षको नेपाल फेस्टिवल राजधानी टोकियोको नाकानो स्थित पार्कमा हुने भएको छ । फेस्टिवलमा स्टल राख्न चाहने तथा अन्य स्वयं सेवा गर्न चाहने वा विस्तृत जानकारी चाहिएमा एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल ०८०६५२७७४७९, बरिष्ठ उपाध्यक्ष नविन निउरे ०८० ४१४५९९५५,  महासचिव सिद्धार्थ श्रेष्ठ ०८० ४०५७ ४७३०, प्रवक्ता सुवास लामिछाने ०८० ४१३३ ६१०५ र सदस्य कर्सागं तामागं ०७० ३९७४ ६९९२ मा सम्पर्क गर्न सकिनेछ ।

एनआरएनए जापानले यसअघि १५ तारिख आइतबार राजधानी टोकियोमा सरोकारवाला संघसंस्था र व्यक्तिहरुको सर्वपक्षिय भेला राखेर सुझाव संकलन गर्दै फेस्टिवल आयोजनाको ढाँचा, तयारी र व्यवस्थापन बारे विस्तृत रुपमा जानकारी गराएको थियो ।