(Japan) 3 rd July | 2022 | Sunday | 4:58:08 AM || (Nepal) 1:43:08 AM
 
 

'खाताबाट गायब पारिएको २ करोड ५० लाख मध्ये ७० लाख फिर्ता आयो' : एनआरएनए जापान

  POSTED ON : Sunday, 15 May, 2022 | Views : 1054

'खाताबाट गायब पारिएको २ करोड ५० लाख मध्ये ७० लाख फिर्ता आयो' : एनआरएनए जापान


टोकियो, जापान ।

गैर आवासिय नेपाली संघ जापानले आफ्नो खाताबाट गायब पारिएको भनिएको २ करोड ५० लाख येन मध्ये ७० लाख येन फिर्ता आएको बताएको छ ।

एनआरएनए जापानका प्रवक्ता सुवास लामिछानेका अनुसार खातामा ४७० येन मात्र राखेर एकाएक गायब पारिएको २ करोड ५० लाख येन मध्ये ७० लाख येन एनआरएनए जापानकै खातामा फिर्ता आएको हो ।

प्रवक्ता लामिछानेले विज्ञप्ति मार्फत सार्वजनिक गरेको विवरण अनुसार 'एनआरएनए जापान र आईसिसिबाट समेत पटक पटक बुझ बुझारथ गर्न ताकेता गर्दा पनि बुझ बुझारथ नखोजेपछि एनआरएनए जापानले कानूनी प्रक्रिया अगिाडी बढाउने बैठकबाट निर्णय गरि पहिलो स्टेप चालेसँगै एकाएक एनआरएनए जापानको खातामा जापानी येन ७,०००,०००  सात सय मान फिर्ता आएको' छ ।

'गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको दशौं अधिवेशन सम्पन्न भइ उक्त अधिवेशनबाट निर्वाचित कार्यसमितिले नियमित रुपमा आफ्नो काम कर्तव्य अगाडि बढाई रहेता पनि निवर्तमान कोषाध्यक्ष कालिका थापाबाट आर्थिक बुझारथ नगरेको र खातामा भएको झण्डै जापानी येन २५,०००,००० दुई करोड ५० लाख मा ४७० येन मात्र बाँकी राखेर अरु रकम एकाएक गायब भएको थियो । यस विचमा आर्थिक हिसाब किताब बुझ बुझारथ गराउन पटक पटक पत्राचार गर्दा पनि वेवास्ता गरेपछि एनआरएनए आईसिसिलाई पनि पत्राचार गर्दै बुझ बुझारथ गराउन पहल गरिदिनुहुन समेत अनुरोध गरेका थियौं ।' विज्ञप्तिमा भनिएको छ 'एनआरएनए जापानको सबै रकम एक मुष्ट नआएर किस्ता बन्दिमा आउनुको कारणसँग भने कार्यसमिति अनविज्ञ रहेको अवगत गराउँदै अथाशिघ्र सम्पूर्ण जापानवासी नेपालीहरुको पसिनाबाट जम्मा गरेको रकम एनआरएनए जापानको आधिकारिक खातामा फर्काउन जोडदार माग गर्दछौं ।'