(JAPAN) 18 th July | 2018 | Wednesday | 9:11:12 AM
(Nepal) 18 th July | 2018 | Wednesday | 5:55:47 AM
 

टोकियो ओलम्पिक मशाल दौड महाभूकम्प र सुनामीले क्षतिग्रस्त फुकुशिमाबाट सुरु हुने

  POSTED ON : Thursday, 12 July, 2018 | Views : 133

टोकियो ओलम्पिक मशाल दौड महाभूकम्प र सुनामीले क्षतिग्रस्त फुकुशिमाबाट सुरु हुने

टोकियो ।

सन् २०२० मा आयोजना गर्न लागिएको टोकियो ओलम्पिकको मशाल दौड सुरुवात जापानको फुकुशिमाबाट हुने भएको छ ।

टोकियो खेल आयोजना समितिले बिहिबार टोकियो र केन्द्र सरकारसँग गरेको बैठकपछि यस्तो निर्णय गरिएको हो ।

जापानी समाचार संस्था एनएचकेले उल्लेख गरे अनुसार सन् २०११ को बिनाशकारी महाभूकम्प, सुनामी र परमाणु दुर्घटनाबाट गम्भिर असर भोगिरहेको फुकुशीमा क्षेत्रका प्रभावितलाई आत्मबल बढाउने अभिप्रायले यस्तो निर्णय गरिएको हो ।

सन् २०२० को मार्च २६ मा फुकुशीमाबाट प्रारम्भ हुने मशाल दौड दक्षिण ओकिनामा प्रिफेक्चरमा जुलाई १० मा पुग्नेछ ।

प्रत्येक प्रिफेक्चरमा गठित हुने क्षेत्रिय टोकियो ओलम्पिक समितिले यस मशाल दौडको मार्ग तय गर्ने भएका छन् ।

टोकियो खेल आयोजना समितिले अन्र्तराष्ट्रिय ओलम्पिक समितिको स्विकृति लिएपछि सन् २०१९ को गर्मि समाप्तीसँगै टोकियो ओलम्पिक पशाल यात्राको विस्तृत निर्णय गर्ने भएको छ ।