(JAPAN) 18 th July | 2018 | Wednesday | 8:41:26 AM
(Nepal) 18 th July | 2018 | Wednesday | 5:26:01 AM
 

जुलाई १९ मा काभ्रेली कप प्रतियोगिता हुँदै, प्रथम हुनेले साँडे पाँच लाख येन नगद पाउने

  POSTED ON : Tuesday, 10 July, 2018 | Views : 256

जुलाई १९ मा काभ्रेली कप प्रतियोगिता हुँदै, प्रथम हुनेले साँडे पाँच लाख येन नगद पाउने

टोकियो ।

काभ्रेली समाज जापानले यही जुलाई १९ तारिखका दोस्रो काभ्रेली कप २०१८ आयोजना गर्ने भएको छ ।

नव निर्वाचीत काभ्रेली समाज जापानका अध्यक्ष समिर तामाङका अनुसार काभ्रेली कपको बिजेताले नगद ५ लाख ६० हजार येन पाउनेछ ।

यस्तै दोस्रो हुनेले २ लाख ३० हजार नगद पाउनेछ भने तेस्रो हुनेले १ लाख १० हजार येन पाउने भएको छ ।

साईतामा केन चुओ कु सिमो ओचिआइ ४-१२-१ ल्याडर स्पोर्ट साईतामामा हुने काभ्रेली कप योनो होममाची जेआर साइक्यो लाइन नजिक हुनेछ । प्रतियोगिता बिहान १० बजेबाट सुरु हुने तामागंले जानकारी दिएका छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ठ गोल रक्षक, सर्वाधिक गोलकर्ता समेतलाई पुरस्कृत गरिने भएको छ । विधागत उत्कृष्ठ खेलाडीहरुले जनही १२ हजार ५ सय येन नगद पुरस्कार पाउनेछन् ।

हरेक क्लवलाई प्रतियोगितामा सहभागीता जनाउनको लागि ४१ हजार जापानी येन शुल्क तोकिएको थियो । सोमबार सम्म तोकिएको समय सिमामा नाम दर्ता गराएका क्लवहरुको नाम र टाईसिट केहीदिनभित्रै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।