(JAPAN) 25 th September | 2018 | Tuesday | 4:01:17 AM
(Nepal) 25 th September | 2018 | Tuesday | 12:46:17 AM
 

विदेसिएका नेपालीलाई राजनीतिक रुपमा बिभाजित बनाउने कारखाना नबनोस् एनआरएन ! -प्रेम बानियाँ

  POSTED ON : Friday, 22 June, 2018 | Views : 518

विदेसिएका नेपालीलाई राजनीतिक रुपमा बिभाजित बनाउने कारखाना नबनोस् एनआरएन ! -प्रेम बानियाँ

*रबि लामिछाने विषय होइन, यो विषय देश समृद्ध बनाउने कि नबनाउने भन्ने हो !

*कागजको कुरा नगर्नुस् नाभि गाडेको माटो त्यही हो !

*कानुन त परिवर्तनको सहयोगी हो पासो होइन !

*सुरु होस् 'स्वदेश फर्क नेपाली' महाअभियान !

*विदेसिएका नेपालीलाई राजनीतिक रुपमा बिभाजित बनाउने कारखाना नबनोस् एनआरएन !

*******************************************************

अब विषय रबि लामिछाने होइन । यो एउटा विशाल बहस हो । देश समृद्ध बनाउने कि नबनाउने भन्ने बहस । आज लाखौंलाख नेपालीहरु देशबाहिर छन्, उनीहरु स्वदेश फर्किएर समृद्धिका लागि 'केही गरौं' भन्ने संकल्प लिइरहेका छन् । उनीहरुलाई कसरी सहज बाटोबाट नेपाल भित्र्याउने भन्नेतर्फ सोच्ने कि रबि लामिछानेलाई झै पासोमा पारेर निमोठ्न खोज्ने ? के उनीहरु सजिलै मातृभूमि फर्किएर देशसमृद्धिको मूलअभियानमा लाग्न नपाउने ? यहाँ कानुनको बर्खिलाप गरिनुपर्छ भनिएको होइन, कानुन नै कसरी सहज बनाउने भन्ने हो, जसले देशसमृद्धिमा योगदान दिन सकोस् ।

स्वाभिमान अभियान अन्तरगत हामी संसारभरबाट भनिरहेका छौं, विदेशमा बसेका नेपालीहरु स्वदेश फर्किनुपर्छ, लगानी नेपालमै गर्नुपर्छ, सिकेको सिप र शिक्षा नेपालकै लागि हुनुपर्छ र आफ्नै देश समृद्ध बनाउनुपर्छ । अनि हाम्रो नारा हो 'समृद्ध नेपाल, स्वाभिमानी नेपाली' तर, जब स्वदेश फर्केको एउटा नेपालीलाई आफ्नै देशमा पासोमा पार्ने कोशिस हुन्छ उसले कुन मनोबलमा काम गर्नसक्छ ?

सरकारको नारा छ, 'समृद्ध नेपाल, सुखी नेपाली ।' विदेशबाट पठाएको पैसामा सुखको सिला खोजिरहेका नेपालीले आफ्ना सन्तान स्वदेशमै आएर परीश्रम गरे भने सुखी मात्र होइन 'खुशी' हुनेछन् । सरकार खुशी नेपाली खोजिरहेको छ कि, सुखी ? सुख र खुशीका साथ स्वाभिमानी नेपालीहरुको समृद्ध देश बनाउने हो भने सरकारले विदेसिएका सारा नेपालीहरुलाई सहजढंगले नेपाल फर्काउने 'स्वदेश फर्क नेपाली' महाअभियान सुरु गर्नुपर्छ र स्वदेश फर्किन सहज बाटो (कानुनी र व्यवहारिक रुपमा) बनाएर समृद्धिको मूल फुटाउने विशाल अभियानको सुरु गर्नुपर्छ न कि रबिजीलाई जस्तै पासो थापेर !!!

यहाँ एनआरएन जस्ता संस्थाहरु पनि छन् तिनले यस्ता मुद्दाहरुमा बोलेको खै ? विदेशमा पनि नेपाली जनतालाई बिभक्त र तिक्त बिभाजित बनाउने कारखाना हो भने एनआरएनले आफ्नो मृत्यु पर्खेर बसेकै बेस् । अन्यथा संसारभर रहेका सबै नेपालीले यो बेला एक साथ भनौं, विषय रबि लामिछाने होइन, विषय समृद्धि र स्वाभिमानको हो ।

हामी संसारको जुनकुनै कुनामा जुनकुनै परिस्थितीका कारण पुगेका भएपनि हामी जन्मिंनासाथ हाम्री आमाले नाभि काटेर गाडेको माटो त्यही हो, त्यही हो हाम्रो देश, तिनै हुन् हाम्री आमा ।

जय स्वाभिमान ।