(JAPAN) 18 th July | 2018 | Wednesday | 9:13:56 AM
(Nepal) 18 th July | 2018 | Wednesday | 5:58:31 AM
 

जापानबाट रवि लामिछानेलाई पत्र-'अघि बढ रवि जनता तिम्रो साधमा छन्...'

  POSTED ON : Thursday, 21 June, 2018 | Views : 1520

जापानबाट रवि लामिछानेलाई पत्र-'अघि बढ रवि जनता तिम्रो साधमा छन्...'

रबि तिमि नेपाली आमाका एक सच्चा र ईमानदार छोरा होउ । तिम्रो कार्यक्रमको म एक नियमित श्रोता हुँ । तिमी करोडौंमा एक यस्ता ब्यक्ती होउ जो निस्वार्थ भाबले पत्रकारिता मार्फत हजारौंको समस्या समाधान गरेका छौ ।

पत्रकारिता भनेको समाजको ऐना अनि देश र जनता प्रती उत्तरदायी भएकाले चौथो अङ्ग पानिएको सम्मानीत पेशा हो । धेरै पत्रकार देखेको छु जसले पत्रकारिताको नाममा यहाँ कमाई खानो भाँडो बनाएर यसको दुरुपयोग गरेर पत्रकारिता क्षेत्रकै कालो धब्बा बन्ने काम गरिरहेका छन् ।

राम्रो काम गर्नेहरूलाई खेदो खन्ने यो नेपालका कपुतहरुको ब्यबसाय नै हो । त्यसै कहाँ यो सतिले सरापेको देश भनिएको हो र ।

यो देशमा इमानदार, बौद्धिक, देश र जनताको लागि काम गर्नेहरुलाइ यस्ता कपुतहरुले देखी सहनै सक्दैनन् । राम्रो काम गर्नेलाई देख्दा यहाँ तिनिहरुको उठिबास हुन्छ त्यसैले तिनिहरु सँधैनै जालझेल, षड्यन्त्र र अरुको कुभलो चिताउनमै विताइरहेका छन् ।

आज सम्म राम्रा युवाहरू र बौद्धिक ब्यक्तित्व पलायन हुन बाध्य पार्ने यिनै ब्वाँसाहरु हुन् । यस्ता जाली, फटाहा अनि देशघातीहरुको नुनको सोझो गर्न नसक्नेको कलम भाचिन्छ र मुख बन्द गर्ने कुचेष्टा गरिन्छ । रबि तिमी खुट्टा नकमाउ । तिमिले देशलाई लगाएको गुन देशले र असल नेपालीले बुझेका छन् । यदि तिमी बन्द भयौ भने यहाँ लाखौं जनाको आवाज बन्द हुनेछ, लाखौं न्याय र अधिकारका लागी लडाइँगर्नेहरु हार्नेछन् । यहाँ लाखौं चेलीबेटी बेचिने छ्न् ।

यो रोक्न र दलाल र भ्रष्टहरुको प्रदाफास गर्न तिमी आवस्यक छ यो मेरो देशलाई । त्यसैले तिमी राम्रो काम गर्दा जेल बस्नु पर्छ भने तीन बर्स त के बर्सौको लागि तयारी होउ तर खुट्टा नकामाउ रबि । जनताको हक र अधिकारको लागि ज्यानको बाजि थापेर जनताको सेवामा तल्लीन पत्रकारलाई जेल अनि बलत्कारी, तस्कर, गुन्डागर्दी गर्ने र दलालहरुलाइ फुलमाला लगाउने जमातको अन्त्य नभयसम्म यो देश उभोलाग्नेवाला छैन ।

गरिब र दुखिको पीडामा मलम लगाउने र दिनहिन जनताको समस्याको लागि निरन्तर लागेका तिमिमाथी यो देशका कपुतहरुले जुन षड्यन्त्र र जालझेल गर्दैछ्न् तिनीहरुलाई पहिला जेल कोच्नु पर्छ ।

पत्रकारिताको नाममा कालो धन्दा गर्ने अनि कालोलाइ गोरो र गोरोलाइ कालो भनेर लेख्ने पत्रकारहरुबाट यो देशको लोकतन्त्रनै खतरामा छ । त्यसैले रबि तिमि सहित धुर्मुस सुन्तलिको कामबाट जल्नेहरु ईश्र्या गर्नेहरु कमिसन, घुस खान नपाएर बहुलाएकाहरु तिमीमाथि खनिएका मात्र हुन् । त्यस्ता धर्तीका बोझ अनि देशघातीहरुलाई निर्मुल पार्न पनि तिमि जागै हुनु आवश्यक छ ।

रबि तिमी खुट्टा नकमाउ, हिम्मत नहार, तिमी लाखौ गरिब दुखिको आवाज होउ,सासहोउ, न्यायका मुर्ती होउ, त्यसैले तिमी हार्नु हुन्न । राम्रो काम गर्दा जेल त के मर्न तयार होउ रवि । ति पानीका फोका सरि दुष्ट त के राज्यनै तिम्रो बिरुद्ध लागेपनि सडकबाटै हिसाबकिताब गर्न जनता तयार छन् । तिमि अघि बढ रवि जनता तिम्रो साथमा छन् ।

विष्णु रोकाया

सिधा कुरा जनतासँग नियमीत दर्शक

हाल : जापान