(JAPAN) 20 th May | 2018 | Sunday | 7:06:45 PM
(Nepal) 20 th May | 2018 | Sunday | 3:51:20 PM
 

'शिरमा सगरमाथा, मनमा परिवार, काँधमा जिम्मेवारी बोकेर अघि बढे जापानमा गन्तव्यमा पुगिन्छ'

  POSTED ON : Thursday, 10 May, 2018 | Views : 1646

'शिरमा सगरमाथा, मनमा परिवार, काँधमा जिम्मेवारी बोकेर अघि बढे जापानमा गन्तव्यमा पुगिन्छ'

जगत बहादुर खड्का 'ज्याक'- ८ दाजु भाई २ दीदी बहीनी ठुलो परिवार बिकट ठाउमाँ जन्म । पढाइकै सिलसिलामा १९९८ मा बिध्यार्थीको रूपमा जापान प्रवेश गरी बिभिन्न जापानीज कम्पनीमा काम अनुभब ज्ञान लीने अवसर मिलेपछि संघर्षमय जीवनको आजको अवस्था हो जुन मलाई हाल  धेरैले चिन्नुहुन्छ ।

२०१३ मा आफ्नै ब्याबसाय सुरु गरेता पनी क़रीब २००४ बाट जापानको बिभिन्न टेलीभिजन कार्यक्रममा काम गर्ने अवसर मिलिराखेको छ । जुन माध्यमबाट मैले नेपाल र नेपालीको भलो हुनेगरि सत्कर्मले देशको उन्नती र प्रगतिको लागि सकेको राम्रो प्रचार प्रसार गरिराखेको छु ।

आज सम्म गैरआवासिय नेपालीसंघको साधारण सदस्यता बाहेक अन्य कुनै पनी संगसंस्थाको सदस्य भएको छैन । यद्यपी जापानमा रहेका सबैजसो संघसंस्थासँग व्यक्तिगत र म आवद्ध अनलाईन जापानसमाचारडटकम मार्फत नजिक रहँदै आएको छु ।

पार्टीको झन्डा भन्दा नेपालको झन्डा नै प्यारों लाग्ने मेरो देशप्रेमले अहिलेसम्म दलिय घेराभित्र आफुलाई सिमित गरेको छैन । यद्यपी सबै पार्टी र आस्थाको सम्मान गर्ने मैले सकेको बेलामा समस्यामा परेकालाई सहयोग र दुखसुखमा साथ दिने गर्दै आएको छु ।

कामको ब्यस्तताले सुरुको समयमा नेपाली समुदायमा त्यती राम्ररी घुलमिल हुन नसके पनी पछील्लो समयमा भने सत्कर्मको लागि परेको बेला आफुले सक्ने सबैखाले सहयोग गर्दै आएको छु र गर्नेनैछु ।

जापानको विभिन्न टेलीभिजनमा काम गर्दै आए पनी २०१३ मा ब्याबसाय सुरु गरेक़ै वर्ष जापानको टेलीभिजनबाट अन्यदेशका सहभागीको तुलनामा मेरो आफ्नै कथा उत्कृष्ठ ठहराएर छनौट गरी १३ वर्ष पछी आफ्नो जन्मस्थलो जाने अवसर मिलेको त्यो याद अझैपनि मेरो लागि अविश्मरणीय सम्झना बनेर रहेको छ ।

तर त्यही समयको सेरोफेरोमा ममतामयी आमाको अकस्मातको स्वास्थ्य इस्थिति कमजोर भइ निधनले हुनाले लामो समय नेपाल बसाई हुदा व्यवसाय छोड्नुपर्यो । जसले मलाई संघर्षको नयाँ थालनीको सुरुवात पनि गराइदियो ।

असल मनसायले भनिएका नेपाली उखान चरेस खाएपनि हरेस नखानु भनेजस्तै जीवनको नियतीले केही हण्डर खुवाएपनि हरेस नखाई मैंले निरन्तर संघर्ष गरिरहँदा समस्यासँगै समाधान पनि पहिल्याउँदै गएं र आजसम्मको यात्रामा केही सफलता सँगै जापानमा रहेका आम नेपालीमाझ आफुलाई केहीहदसम्म परिचित गराउन सफल भएको ठानेको छु ।

जीवनको भोगाइ र अनुभव त्यसमा जापानको अवस्थामा यहाँ रहेका सबैमा मेरो अनुरोध जुनसुकै समस्या आएमा परीवारसंग सल्लाह गर्नुहोस् । समाधान ननिस्किएमा साथीहरूसंग भावना साटासाट गर्नुहोस् जसले तपाईलाई अघि बढ्न बाटो खुलाउन सक्छ । त्यसले पनि भएन भने यहाँ रहेका संघसंस्था तथा आफ्नो समस्यासँग जानकार राख्नसक्ने जानकार तथा अग्रजसँग सल्लाह मागेमा तपाईले सहयोग नपाउनुहोला तर समाधानको उपाय भने पाउनुहुनेछ । जसले तपाईलाई आफैं समस्या समाधान गर्दै लक्ष्य हाँसिल गर्न सहयोग गर्नेछ  ।

हामीसबैलाई थाहा छ कुनै पनी बिरुवाले रोप्नेवित्तिकै फल दिँदैन । त्यसले नीश्चित समय पार गर्दैपर्छ । ठिक त्यसैगरि लक्ष्य हाँसिल गर्न भनौं वा सफलता प्राप्त गर्न केही समय लाग्ला तर निश्चित छ निरन्तर संघर्ष गर्दै हिम्मत जुटाएर अघि बढीरहनुभएमा सफलता अवश्य हात पर्नेछ ।

लहैलहैमा, रमाइलोको लागि वा एकदुई पटक भनेर मादक पदार्थ सेवन तथा गलत बाटोमा लाग्ने भुल कहिल्यै गर्नुहुँदैन । जसले हामीलाई हाम्रो लक्ष्यबाट बहकाउनसक्छ ।

त्यसैले शिरमा देशको सगरमाथा मनमा परिवार र आफन्तको मायाँ अनि काँधमा जिम्मेवारी बोकेर अघि बढ्नुभयो भने निश्चित छ तपाईले तपाईको गन्तव्य भेट्टाउनुहुनेछ । अनि एकदिन अवश्य भन्नुहुनेछ 'जीन्दगी यो उत्सव हो बरदान ईश्वरको !'