(Japan) 29 th January | 2020 | Wednesday | 5:13:19 AM || (Nepal) 1:58:19 AM
 
 

'पूर्खाको नालापानीको बिरता जोगाउँदै कालापानीबाट भारतीय सेना लखेट्ने बेला आएको छ'

  POSTED ON : Monday, 25 November, 2019 | Views : 328

'पूर्खाको नालापानीको बिरता जोगाउँदै कालापानीबाट भारतीय सेना लखेट्ने बेला आएको छ'


शिवप्रसाद पौडेल- भगवान गौतम बुद्ध भारतमा जन्मेको भन्दै झुठको खेती गर्दै आएको छिमेकी देश भारतले नेपाली भूमि सुस्तामा आँखा गाडेको दशक बढी भईसक्यो ।

साँध सिमाना जोडिएको सबै ठाउँमा सिमा अतिक्रमण प्रयास गर्दै आएको भारतले पछिल्लो समय नेपाली भूमि कालापानी, लिपुलेक देखी लिम्पियाधुरासमेतलाई आफ्नो भएको झुठ सार्वजनिक गरिसकेको छ ।

आफ्नो देशको भूमिलाई पराया मुलुकले मेरो भनेर गलत नक्सा सार्वजनिक गरेपछि नेपालीहरुले त्यसको जनस्तरबाट चर्को बिरोध जनाईरहेका छन् ।

विश्वभर छरिएर रहेका नेपालीहरुले झुठको खेती गर्न माहिर भारतीय कदम बिरुद्ध आक्रोस पोख्दै नेपाल देखी जापान, बेलायतसम्म भारतीय दूतासाव बिरुद्ध शान्तिपूर्ण बिरोध मार्फत आफ्नो आक्रोस पोखिसकेका छन् ।

भूकम्पले थलिएका नेपाली जनतालाई नाकाबन्दिको अमानविय उपहार दिएर नेपाली जनताको मन कुँड्याएको भारतले फेरी नेपाली जनताको मर्ममाथी प्रहार गरेको छ ।

नेपाली जनताको स्वाभिमान र शिरमा प्रहार गर्दै भूमि कब्जाको प्रयास गर्दा नेपाल सरकार भने यस अगाडीका सरकार जस्तै निस्क्रिय बनेको अनुभूति भएको छ ।

जनआक्रोसबाट बाच्न जनतालाई थामथुम पारेर निरन्तरता दिने शासकहरुको प्रवृत्ति नफेरिएको देखिएको छ ।

बिकासको कछुवागती कामका कारण जनआक्रोस बढ्दै जाँदा विद्यमान दलहरुप्रतिनै जनताको अविश्वास बढ्दो छ ।

नेपाली जनतामा देशको सिमा मिचिँदा समेत राज्य मौन देखिएपछि जनताको नाममा सत्तामा पुगेपछि सरकारमा रहेका देखी प्रतीपक्षमा रहेका दलहरुको भूमिकाले दलहरु प्रती निरासा छाउन थालेको छ ।

देशभित्रका आन्तरिक मामिला, राजनैतिक मुद्दा र विषयमा फरक मत हुनु स्वभाविक मान्न सकिएला तर अन्तरदेशिय मामिला, सीमा सुरक्षा देशको स्वाभिमानको विषयमा एकरुपता देखिनु पर्ने सरकार तथा प्रतिपक्षबिच एक रुपता देखिएको छैन । राजनैतिक नेतृत्वमा रहेकाहरुको लागि भारतले दाह्रा गाड्न खोजेको नेपाली भूमि फिर्ता गराई थोरै भए पनि नेपाली आमालाई ऋण तिरेर रास्ट्र र राष्ट्रियता बचाई राख्ने मौमा ईतिहाँसले दिएको छ ।

सिमा सुरक्षा नियमन गर्ने निकायलाई निकम्मा बनाउने, देशको भूमि रक्षागर्न स्थापित सेनालाई भूमिका नदिने अनि जनताको बिरोधलाई सामान्य ठान्दै सिमा अतिक्रमण गर्ने विस्तारवादी भारतलाई बलपुग्ने काम गर्दै आएका नेता, प्रशासनमा रहेका राष्ट्रघाती कर्मचारी र प्रवृति समेतलाई सरकारले निरुत्साहित पार्नु पर्दछ।

म भन्दा पहिले मेरो देश, सबै भन्दा माथि मेरो देश भन्ने नारा जपेर देशको रक्षार्थ तराई, पहाड र हिमालमा रहेका हामी नेपाली एकजुट हुनुपर्ने समय आएको छ ।

उखानै छ 'मौकामा हिरा फोर्नु बेमौकामा कौडी नछोड्नु !' नेपाल आन्तरिक समस्यामा परेको तथा दलिय विवाद बढेको समयमा नेपाली सिमा अतिक्रमण गर्दै नेपाली भूमि कब्जा प्रयास गर्दै आएको भारतलाई सुस्तादेखी कालापानी, लिपुलेक देखी लिम्पियाधुराबाट तत्काल धपाउनुपर्दछ ।

भाषणे बोलीमा मात्र होईन दशकौंदेखी नेपाली भूमि कब्जा गरेर विस्तारवादी भारतले राखेको सैनिक क्याम्प तत्काल वीर नेपाली सैनिक परिचालन गरेर र कूटनैतिक तबर बाट तुरन्त हटाउनुपर्दछ र नेपाली सिमा भित्र राखेका भारतीय अबैध संरचना उखेलेर फाल्दै भारतललाई गतिलो सबक सिकाउनुपर्दछ ।

जनताले बुझेको तर शासकहरुले कहिल्नै नबुझेको कुरा अब बुझ्नै पर्दछ कि "नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ।"

-जापान टोकियो

स्थाई : पोखरा, नेपाल