(JAPAN) 16 th October | 2019 | Wednesday | 6:09:37 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 2:54:37 PM
 

'जापानमा दशैं मनाउँदा ज्यान यता हुन्छ मन उडेर घर पुग्छ'

  POSTED ON : Monday, 07 October, 2019 | Views : 65

'जापानमा दशैं मनाउँदा ज्यान यता हुन्छ मन उडेर घर पुग्छ'


समय निरन्तर चलिररहे संगै हाम्रो परदेशी जीवन पनि लम्विदै गईरहेको छ। वितेका वर्ष जस्तै यसपाली पनि हाम्रा महान चाड विजया दशमी र भाईटिकाले घरदेशको आगनी चुमीरहेका छन्। परदेशमा पहिले भन्दा अलिक फरक र रमाईलो चाही बढेको छ, साथीभाई र परिवारका मान्छेहरू बढ्नाले घरदेशको न्यास्रो अलिक कम भएको अनुभुती हुन्छ ।

तर यति लेख्दा-लेख्दै भने मन उडेर घर पुगीसकेछ। साच्ची भन्दा परदेशमा सबैकुरा पुगेपनि, आफन्त भएपनि परदेशमा चाडवाड संगै किन-किन खुसी आउँदैनन् उल्टै मन धेरै दुख्छ। खुसी हुनको लागि त केवल आफुले टेकेको धर्ती आफ्नै हुनु पर्दोरहेछ। 

यसपाली मैले काममा विदा राखेता पनि परिवार र आफन्तहरू सबैको विदा मिलेको छैन्, सदाझै रातीमा जम्मा भएर टीका-जमरा र मान्यजनबाट आशीष लिने  योजना छ।यसको अलवा फुर्सदका आफन्त र साथीहरू संग केही छिन तास खेल्ने  योजना छ, जुन हारजितको लागि होईन, नितान्त रमाईलो र माया साट्नको लागि ।

हाम्रो महान चाड दशैं/तिहारका मुलत धेरै सुन्दर पक्षनै हुन्छन् परदेशमा पनि  जुन अनुभुती गर्न पाउँछौ, जस्तै टाढा-टाढा बस्ने आफ्न्त संग भेटघाट, साथी-भाई संग भेटघाट, आफन्त नभए पनि भावानात्मक नातामा जोडीने धेरै जना देख्न पाईन्छ परदेशमा,जस्तो दशैमा दाई-भाई बनेर टिकाटालो गरेका दृष्य, भाईटिकामा दिदी-विहिनी बनेर दाजुभाईलाई टिका लगाईदिएका दृष्य, जसले मलाई वहुत छुन्छन् ।

जुन संवन्ध जन्मिदैका होईनन् तर प्रिय र सुमधुर हुन्छन् ,यो सुन्दर पक्ष घरदेश भन्दा परदेशमा प्रिय छ। केही नराम्रा पक्ष भनेको नेपालि भनौ हिन्दु समुदायले चाडवाडमा अलिक मदिरा सेवन बढी गर्ने, यो शान्त सहरमा अलि कोलाज थप्ने, रवाफको वातावरण तय गर्ने गरिन्छ, यो पट्क्कै मन पर्दैन ।

यहाँका क्लीन पैसाका नोटहरू पुजागरेर रङ्गी-विरङ्गी पार्ने काम अथवा आँफु बस्ने कोठामा धेरै जना जम्मा भएर हो-हल्ला गर्ने जसको कारणले गर्दा नयाँ आउने नेपाली अथवा यही वसीरहेका हामीलाई कोठा पाउँन धेरै मुश्किल हुने गर्दछ। आदि-ईत्यादी क्रियाकलापहरू सुधार्नु पर्ने देखीन्छ ।

नेपालका प्रत्येक दशैहरू संझन लायक छन्, ति अतितका सुन्दर पक्ष हुन, अहिले ति दिनहरू सपना जस्तै लाग्छन्। खास गरेर वालपनका दशैं-तिहारहरूमा धेरै रमाईलो हुन्थ्यो। संझन लाएक पलहरू लेख्यो भने धेरै लामो हुन्छ, यत्ती भनु गाउँघरका दशै र तिहार भनेका वाचेका जिन्दगीका सबैभन्दा सुन्दर पाटा थिए।

दशैँ-तिहारमा घर परिवारलाई नसंझे/नवोले त अधुरो-अपुरोनै हुन्छ। नेपाल जाने धेरै मान्छे हुन्छन् यसपाली म आँफु जान नसकेता पनि आफन्त संग कोशेली पठाएको छु, त्यो केवल संझनु हो, बहाना हो, सन्तान नै नपुगे सम्म बा-आमाहरू कसरी खुसी होलान र !

साच्ची चाडको दिन आँफु समालिएता पनि बा-आमा लामो कुरा गर्न सक्नुहुन्न, त्यसैले छोटो कुरा गरेर फोन राख्ने गर्छु हरेक वर्ष जसो। 

दीप पाठक

टोक्यो