(JAPAN) 16 th October | 2019 | Wednesday | 7:11:27 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 3:56:27 PM
 

पत्रकार महासंघ जापान शाखाको चुनावी रन्कोमा रन्थनिंदा !

Gokarna Adhikari   POSTED ON : Monday, 30 September, 2019 | Views : 523

पत्रकार महासंघ जापान शाखाको चुनावी रन्कोमा रन्थनिंदा !


मतदान सुरु हुन भन्दा करिव १५ मिनेट अघि साथी विश्वास आचार्यले भन्नुभयो 'माहौल तपाईको पक्षमा छैन नलड्नुस् ।' उहाँले त्यसो भनिरहँदा उहाँ आफैं साथी शान्त पहरी र कविकिरण न्यौपानेसँग 'गोकर्णले नाम फिर्ता लिए हुन्थ्यो वा लिन लगाउनुपर्छ' भन्दैहुन्थ्यो । मैंले उहाँको माहौललाई बुझें उहाँ मलाई मत नदिने निर्णयमा पुगिसक्नुभएछ !

मतदान सुरु हुनु आधाघण्टा अघिनै हल बाहिर गएर शान्त पहरी र आनन्द कोईरालाले सम्झाउँदै उपाध्यक्षबाट हट्न भन्दै आफ्नो पद सुरक्षित बनाउने बाटो खोज्दै हुनुहुन्थ्यो । किनभने शान्त जी लाई डर थियो उपाध्यक्षमा लड्ने घोषणा गरेका आनन्द फेरी सचिवमै आउने हुन् कि वा गोकर्ण उपाध्यक्षमा हट्दा फेरी सचिवमा उठ्ने पो हुन् कि भनेर ।

तर उहाँहरुले कत्ति ख्याल गर्नुभएन संभवत उहाँहरु भन्दा पहिला मैंले सचिवमा उम्मेद्दारी दिन लागेको जानकारी उहाँहरुलाई नै गराएको थिएं । तर आनन्द र शान्त जी जापान आएर छोटो समयमा मिल्ने साथी भएकै कारण मैंले उहाँहरुसँग चुनावी प्रतिस्पर्धा रोज्न नचाहेर सचिवबाट हटेको उहाँहरुलाई प्रत्यक्ष/अप्रत्यक्ष जानकारी गराईसकेको थिएं । तर अकस्मात पदिय मर्यादामा तल पर्ने भयले हो वा के आनन्द जी शान्त जिलाई सचिव दिन तयार भएर मैंले उपाध्यक्ष घोषणा गरेको पदमै ठोक्किन आईपुग्नु भएछ ।

मैंले पहिलेनै म दुई मध्ये एकमा हो भन्ने स्पष्ट जानकारी सहित उपाध्यक्ष उम्मेद्दारीबारे लिखित जानकारी गराएकाले पुन पद छानेर कुदिहिँड्ने अध्यास आनन्द जीसँग झट्ट सिक्न सकिन ।

कोषाध्यक्षमा श्रवण सत्यालले उम्मेद्दारी घोषणा गर्दा त्यसमा कसैको पनि दाबी हलमा देखिएन । मेरो उम्मेद्दारीपछि मलाई सहमती गराउँदै कोषाध्यक्षमा आउन भनिएपछि श्रवण जीले भन्नुभयो 'प्लिज गोकर्ण जी तपाई कोषाध्यक्षमा चाहिँ अरुले उचालेर नआईदिनुहोला है । म नराम्रो सोच्ने छु त्यसो भयो भने । '

मैंले एकै बचनमा बचन दिंदै भने 'मँ मैंले तय गरेको पदमा नै छु आउँदिन तपाई पनि उम्मेद्दारी दिने हो भने आफ्नो उम्मेद्दारीमा रहनुहोला ।'

तर बचनमा पक्का उमेरले परिपक्व भएर नहुँदो रहेछ उहाँले कोषाध्यक्ष अकस्मात आनन्द कोईरालालाई सुम्पनुभयो र मसँगको एकाध मिनेट अघिको समझदारीलाई भुलिदिनुभयो ।

भलै यसबारेमा यो लेखनी गर्नु केही मिनेट अघिमात्र उहाँले यो सबै मिस कम्युनिकेसनले हुन गएको भन्दै अन्यथा नसोच्न भन्नुभयो । जसलाई मैंले उहाँको सौहार्दताको रुपमा लिएको छु ।

निवर्तमान अध्यक्ष मोहन घले आफु बिरुद्ध उम्मेद्दारी परेपनि जित्नेमा ढुक्क जस्तै देखिन्थे । त्यो उनको कामको वाहवाही, प्रसंसा वा योग्यताले थिएन उनको बिरुद्ध उम्मेद्दार दिने कमजोर व्यक्तिका कारण थियो । त्यो माहौल बुझेका राजविन थापाले हठात आफ्नो अध्यक्ष दाबेदारी फिर्ता लिए र बलिको बोका बनाएजस्तै गरि प्रेमिला गौचनलाई अध्यक्षका प्रत्यासीमा उठ्न सल्लाह दिए ।

अध्यक्षका उम्मेद्दारलेनै उम्मेद्धारी फिर्ता लिंदै उठ्न भनेपछि नहौसिने कुरै भएन सोझो तर लाटो व्यवहार गर्नुहुने उहाँले मत चिन्न सक्नुभएन वा हार स्विर्कार्ने आट गर्नुभयो । मोहन घलेलाई अध्यक्षमा सर्वसम्मत हुने बाटो बन्द गरिदिंदै उम्मेद्दारी दिनुभयो ।

यता उपाध्यक्षमा ६ जनाको दाबेदारी पर्दै गर्दा बाहिरि गफगाफबाटै पूर्ण चलाउने र आनन्द कोईराला उपाध्यक्ष होडबाट हटिसकेका थिए ।

बाँकी रह्यौं कविकिरण न्यौपाने र म खुल्लाबाट समावेसीबाट कुमार मोक्तान र रविन्द्र श्रेष्ठ ।

मलाई उपाध्यक्ष नहुन र हुन खोजे रोक्नेगरि सदस्य, सहसचिव वा सह कोषाध्यक्षको अनुरोध गर्दा अस्विकार भएपछि मोहन घले अध्यक्षका समर्थक सहित बाँकी माथि उल्लेखित केही साथिहरु कविकिरण न्यौपानेलाई उपाध्यक्षमा जिताउने अभियानमा सक्रिय हुनुभयो ।

मैंले कविकिरण जीको उम्मेद्दारीलाई स्विकार गर्दै मतदानबाट टुंगो लगाउन सविनय गरेको अनुरोधलाई घमण्ड देख्नुभएका साथी आनन्द कोईराला स्वयं कविजिको उम्मेद्दारी फिर्ता पछि पूर्ण चलाउनेलाई उम्मेद्दार बनाएर घोषणा गर्ने नाम लेख्नेमा देखिनुभयो ।

अनि अध्यक्ष मोहन घलेको समर्थनमा निर्वाचन समितिले नाम घोषणा गर्यो सर्वसम्मत भएजसैगरि भलै त्यसको हलमै बिरोध भयो र यो प्रस्ताव मात्र हो भनियो ।

तब मैंले चुनावी प्रक्रियामा सहभागी हुँदा सहयात्री र साथी चिन्ने मौका भने राम्रोसँग पाएं, यो नै मेरो पत्रकारिता अभ्यासको आजसम्मको ठूलो सिकाई पनि बन्यो ।

अधिवेशनको सुभारम्भमै मैंले 'मलाई योग्य ठानेर सदस्यमा चयन गर्नुभएको अध्यक्ष मोहन घले र छनौट टिमलाई धन्यवाद' दिएर परिचयन दिएको थिएं । तर मलाई त्यतिखेर मात्र त्यो सदस्य नियुक्ती आत्मग्लानीको विषय बन्यो जब मोहन घले स्वयंले एकजना होईन तीन जनासँग सभाहल बाहिर 'त्यो गोकर्णलाई मैंले सदस्यमा ल्याएको हो' भन्ने शब्द भन्नुभयो ।

त्यो शब्दबाट उहाँले भन्ने गरेको उहाँको चौडा छाती नाप्ने मौका त पाएं नै 'हामीले तपाईलाई सदस्यमा ल्याउन भनेको तपाईनै अहिले हामीले भनेको नमान्ने' भन्दै शान्त पहरी र आनन्द कोईरालाले सम्झाउने शैलीमा 'तेरो हैसियत बुझ्' भन्न खोजेको देख्दा मं सक्रियताले मात्र होईन उहाँहरुको दयाले त्यो पदमा पुगेको रहेछु भनेर पददेखी नै घृणा लाग्यो ।

सायद यो लेखनी पढेपछि उहाँहरु चिढिनुहुन्छ तर सत्य निर्मम हुन्छ स्विकार्ने बानी बसालेको जाती नै हुन्छ । यद्यपी उहाँहरुसँगको मेरो मित्रता विगतमा जस्तै उहाँहरुको लागि मैंले सचिवमा त्या गरेजस्तै त्याग गर्न तयार हुनेछु किनभने म बचनमा पक्का छु ।

यति भनिसकेपछि मलाई कसले मत दिएनन् नाम लिइराख्न त्यति गाह्रो छैन मलाई । मलाई मायाँ वा दयाले सक्रियता देखेर वा पत्रकारिता केही बुझेको छ भनेर होस् वा उपाध्यक्ष पद सम्हाल्न सक्छ भन्ने लागेर सजिना मोक्तान देखी रविन्द्र गोर्खाली, नविन न्यूरे अनि शसी मोक्तान, लक्ष्मि पौडेल सबैप्रति आँखा चिम्लेर मत दिए भन्ठान्छु नदिएका भएपनी ।

खगराज गौतम अनि राम तामागं देखी ईन्दिरा खनाल, दीपक गौतम सबैप्रति म आभारी छु मलाई विश्वास गरेर मत दिए होलान् भन्ने म सँधै विश्वासमा हुनेछु त्यो गलत भएको भएपनि ।

प्रेमिला गौचन अनि मित्र अर्जुन लामिछानेले मत दिए होलान् भन्ने विश्वासमा रहँदा विश्वास गरिएका साथीहरु समुह बनाएर पूर्ण जीलाई जीताउन लागे भन्दा कसैको चित्त दुखेमा मलाई कुनै गुनासो कहिले रहनेछैन ।

किनभने यसपटक मैंले बनाईदिएको सदस्य अनि सहसचिव वा सह कोषाध्यक्ष भन्दै छाती चौडा हुनुभएका मोहन घलेमाथी मैंले यही विषयमा थप शब्द खर्चनु पर्नेछैन !

अन्त्यमा चौथो अधिवेशनबाट निर्वाचीत नेपाल पत्रकार महासंघ जापान शाखाका सबै साथीहरुमा शुभकामना । यो कार्यकालले अघिल्लो कार्यकाल जस्तो उपलब्धिहिन समय नगुजारोस् ।