(JAPAN) 21 st July | 2019 | Sunday | 10:05:05 AM
(Nepal) 21 st July | 2019 | Sunday | 6:50:05 AM
 

जापान जहाँ प्रधानमन्त्री समेत आफ्नो काम आफैं गर्छन्, केही त सिकौं (भिडियो सहित)

  POSTED ON : Tuesday, 02 July, 2019 | Views : 2469

जापान जहाँ प्रधानमन्त्री समेत आफ्नो काम आफैं गर्छन्, केही त सिकौं (भिडियो सहित)


समाचार टिप्पणी-टोकियो, जापान ।

जापान भन्ने वित्तिकै सबैले बुझ्छन् यो विकास र समृद्धिको देश हो । अनि पर्याय बनेर आउँछन् यहाँका परिश्रमी, जिम्मेवार अनि ईमान्दार नागरिक ।

पहिचान बनेको ईमान्दारिता र परिश्रम जापानी नागरिकको हकमा मात्र होईन यहाँका सम्राट देखी प्रधानमन्त्रीसम्म जीवन्त बनेर बसिराखेको विभिन्न घटनाक्रमहरुले देखाउँदै आएका छन् ।

विनाशकारी भूकम्प, बाढी, पहिरो पिडित हुन् वा भवितव्यमा परेका नागरिक, उनिहरुका पिडा र समस्या बुझ्न यहाँका सम्राट देखी प्रधानमन्त्री र जनप्रतीनिधि यथासक्य चाँडो उनिहरुलाई भेट्न पुग्छन् । भेटमात्र नभई उनिहरुका समस्या समाधान गर्न उनिहरुको खटाईको जति प्रसंसा गरेपनि कम हुन्छ ।


यिनै जापानीहरुको मेहनत र कर्मशिलतालाई झल्कनेगरि एउटा फोटो सार्वजनिक भएको छ यहाँका प्रधानमन्त्री आवे शिन्जोको ।

आफ्नो घरको ढोकामा किला ठोकिरहेको बेलामा खिचिएको सानो भिडियो भाईरलनै बन्न पुगेको छ ।

खासमा चर्चा वा प्रचारको लागि भन्दा पनि नियमीत गर्ने कामजस्तै गरि किला ठोकेको समयमा कैद गरिएको उक्त छोटो भिडियोले जापानी प्रधानमन्त्रीको श्रमप्रतिको सम्मानलाई दर्शाएको देखिन्छ ।

क्यानाडा भ्रमणमा जाँदा त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडोले उपहार दिएको काठको डोर नकर (ढोका खोल्न संकेत गर्ने यन्त्र) आफ्नो घरको मूल ढोकामा लगाउँदा प्रधानमन्त्री आवेले किला ठोक्दै गरेको दृश्यमा देखिन्छ ।

दृश्यमा प्रधानमन्त्री आबेसँगै उहाँको धर्मपत्नी अकि आबेपनि देखिएको छ ।

जापानजस्तो सम्पन्न देशका प्रधानमन्त्रीलाई नपुग्दो के होला ? अझ भनौं नेपालमा प्रधानमन्त्री निवासमा नोकरचाकर र आउरे, पाउरे धुपारेको भिड देखेका हामीले यहाँका प्रधानमन्त्री कार्यालयमा उनको सहयोगको लागि काम गर्ने कर्मचारीहरूको अभाव होला र !
यो हामी सोच्नै सक्दैनौं ।

तरपनि आफ्नो व्यक्तिगत काम आफैंले गर्नुपर्छ जुनसुकै पदमा रहेको भएपनि भनेर नैतिक शिक्षा समेत मिल्नेगरि सार्वजनिक भएको यो फोटोबाट के हाम्रा नेताले केही सिक्ने क्षमता राख्लान् ?

...

यो जानकारी मन परे सेयर र आफ्ना कुरा कमेण्टमा लेख्न सक्नुहुनेछ । भिडियो माथि हेर्न सक्नुहुनेछ ।