(JAPAN) 21 st July | 2019 | Sunday | 8:56:49 AM
(Nepal) 21 st July | 2019 | Sunday | 5:41:49 AM
 

नेपालीलाई भारत छिर्न भिषा चाहिने तर भारतीयलाई नेपालमा निर्वाध प्रवेश, सेयर गरेर सक्दो बिरोध गरौं

  POSTED ON : Monday, 24 June, 2019 | Views : 4624

नेपालीलाई भारत छिर्न भिषा चाहिने तर भारतीयलाई नेपालमा निर्वाध प्रवेश, सेयर गरेर सक्दो बिरोध गरौं


काठमाडौं, नेपाल ।

बिदेशबाट नेपाल आउँदा वा नेपालबाट बिदेश जाँदा भारतीय भूमि वा एयरपोर्ट प्रयोग गर्दा नेपालीहरुले पाउँदै आएको सास्ती थप बढ्ने भएको छ ।

अब भारत प्रवेश गर्न नेपाली नागरिकले समेत भिषा चाहिने भएपछि नेपालीहरुले भारत जाँदा थप दुख र झण्झट झेल्नु पर्ने भएको हो ।

नेपालमा भारतीयहरुलाई निर्वाध प्रवेश पाउने तर नेपालीहरु भारतीय बिमानस्थल हुँदै आउँदा भिषा चाहिने नियम लागू गरेपछि नेपालीहरुले भारतीय भूमि प्रयोग गर्दा थप सास्ती व्यहोर्नु परेको हो ।

यस बारेमा बाह्रखरी अनलाईनले प्रकाशित गरेको राष्ट्रिय सुरक्षा चासो र जनचासोको यो महत्वपूर्ण समाचार सामग्री यस्तो छ

भारत छिर्न पनि भिसा !

नेपाल र भारतबीचमा संसारमै नभएको खुला सीमा छ । एक देशका नागरिकले अर्को देशमा पनि आफ्नै देशसरह विनाअवरोध आवागमन, बसोवास र बन्दव्यापार गर्न पाउने व्यवस्था सन् १९५० को शान्ति तथा मैत्री सन्धिमा छ । तर, सन्धिमा रहेको यस व्यवस्थामा केही वर्ष यता दुवै देशले आआफ्नै सुविधाअनुसार परिवर्तन गर्दै आएका छन् ।

हालैमात्र विदेशबाट फर्केर भारत प्रवेश गर्नु परेमा नेपालीलाई प्रवेशाज्ञा ९भिसा० चाहिने व्यवस्था लागु भएको छ । ।  चीन, पाकिस्तान, हङकङ, मकाउबाट आउने नेपालीले भारतको भिसा लिनुपर्ने नियम बनाइएको छ । त्यसैगरी भारत हुँदै खाडी मुलुकलगायत केही देशमा जान नयाँ दिल्लीस्थित नेपाली दूतावासको सिफारिस पत्र चाहिन्छ । यसै पनि नेपाली यात्रुका लागि उति सहज नहुने गरेको भारतका विमानस्थलहरूमा नयाँ नियमबाट नेपालीलाई असुविधा थपिएको छ ।  

भारत हुँदै बाहिर जाने नेपालीलाई सिफारिस पत्र 'नो अब्जेक्सन सर्टिफिकेट' चाहिने नियम नेपालको अनुरोधमा र भारत हुँदै फर्कँदा भिसा चाहिने नियम भारतको निर्णयमा लागु भएको हो भन्ने स्पष्टै बुझिन्छ । नेपालले विशेषगरी वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जानेहरूलाई मानव तस्करको जालमा पर्नबाट जोगाउन सिफारिसको व्यवस्था गरेको हुनुपर्छ ।

भारतले भने उसको कूटनीतिक सम्बन्ध राम्रो नभएका मुलुकहरूबाट आउने नेपालीलाई निगरानी गर्नका लागि भिसाको व्यवस्था गरेको हुनसक्छ । आफ्नो देशमा प्रवेश गर्न प्रवेशाज्ञा लिनुपर्छ भन्ने अधिकार भारतलाई हुन्छ । बेलायतलगायत कतिपय मुलुकमा नेपालीले ट्रान्जिटका लागि समेत भिसा लिनुपर्ने नियम छ । तर, निर्बाध आवागमनको बानी परेका नेपालीहरूका लागि नयाँ व्यवस्थाले अप्ठेरो भने पक्कै पनि बनाएको छ । 

नेपाल आउँदा भारतीयहरू जहाँबाट आए पनि भिसा नचाहिने र नेपालबाट जाँदा कुनै भारतीयलाई सिफारिस पत्र आवश्यक नहुने तर नेपालीलाई मात्र चाहिने व्यवस्थालाई समान भन्न मिल्दैन । खाडी वा अन्यत्र कतै नेपाली कामदारलगायतको सुरक्षा गर्न नेपाल सरकारले आवश्यक व्यवस्था गर्नुपर्छ । तर, नेपालको विमानस्थलमा जस्तै व्यवस्था गर्न भारतलाई अनुरोध गर्नु उचित देखिँदैन ।

नेपालकै विमानस्थलमा त वैदेशिक रोजगारीमा जानेहरूसँग गरिने व्यवहार सुखद हुँदैन । भारतको विमानस्थलमा उनीहरूसँग कस्तो व्यवहार होला वा पाकिस्तान र चीनबाट आउने नेपालीसँग भारतीय अद्यागमनमा कस्तो व्यवहार होला त्यो सहजै अनुमान गर्न सकिन्छ । नागरिकको मनोबल खस्काउने काम राज्यबाट हुनुहुँदैन । त्यसैले कि यस्ता असमान व्यवस्था सच्याउन सरकारले पहल गर्नुपर्छ नभए त्यसको दीर्घकालीन समाधान खोज्नुपर्छ । एक अर्को मुलुकका नागरिकको आवागमनको निगरानी गर्नुपर्ने अवस्था छ भने त्यसलाई स्वीकार गर्न पनि हिचकिचाउनु हुँदैन । त्यसको समाधान दुई देशको सीमा नियमनबाटै सुरु गर्नु बढी उपयुक्त हुनेछ ।

भारत सरकारले बुझ्न आलटाल गरेको नेपाल – भारत प्रबुद्ध समूहको प्रतिवेदनमा पनि सीमा नियमन गर्ने सुझाव दिइएको बताइएको छ । अध्यागमनको यस्तै झन्झटका कारण दुई देशबीचको सम्बन्ध थप कटु हुन रोक्न पनि तत्काल छलफल गरेर समस्या टुंग्याउनु पर्छ । नेपाल र भारत दुवै देशले यसमा ध्यान दिऊन् १