(JAPAN) 16 th October | 2019 | Wednesday | 6:09:58 PM
(Nepal) 16 th October | 2019 | Wednesday | 2:54:58 PM
 

एनएचकेको विज्ञान र टेक्निकल रिसर्च लेबोरेटजरी “गिकेन” २०१९ तस्विरमा

  POSTED ON : Thursday, 13 June, 2019 | Views : 187

एनएचकेको विज्ञान र टेक्निकल रिसर्च लेबोरेटजरी “गिकेन” २०१९ तस्विरमा


शैक्षिक यात्रानुभती-सजिना मोक्तान ।

प्रविधिको हिसावले सुर्योदयको देश जापान नेपालभन्दा निकै अगाडी छ । यहाँका प्रत्येक दुर्गम मानिने वस्तीमा समेत रेल सेवादेखी आफैले पैसा हालेर पानी, जुस, चक्लेट, चुरोट जस्ता वस्तुहरु किन्न सकिने मेसिन राखेको पाईन्छ ।

राजधानी टोकियोबाट कोसौ माइलको वस्तीमा एकजना विद्यार्थीको लागि रेल गुड्छ । यहाँका हरेक विद्यालयमा व्यवहारिक शिक्षाको वैज्ञानिक प्रयोग भएको देख्न सकिन्छ । 

करिव २ महिना अघिदेखि नै हो रिसर्च कक्षाको शिक्षकले कक्षाका सवै रिसर्चर विद्यार्थीहरुको हातमा एउटा पोस्टर थमाउँदै एनएचकेको विज्ञान र टेक्निकल इभेन्टको बारेमा जानकारी गराउँदै सहभागी हुन अह्राउनुभएको थियो ।

त्यही अनुसार जुन २ तारिख मैले सहभागीता हुने मौकाको भरपुर उपयोग गर्न पाएँ ।

एनएचकेले विज्ञान र टेक्निकल रिसर्च लेबोरेटरीजहरूको 'गिकेन २०१९' आयोजना सम्पन्न गरेको थियो । मे ३० तारिख देखि जुन २ सम्म संचालन गरेको उक्त गिकेनमा २०१९ सम्मको अनुसन्धान परिणाम सार्वजनिक गरिएको थियो । उत्साह र भविष्यका लागि मिडियाू विषय अन्तर्गत गरिएका २४ अनुसन्धानका परिणामहरू सो प्रदर्शनमीमा राखिएको थियो ।

गिकेनमा सर्वसाधारण परिवारका सवै सदस्यहरूलाई भाग लिन अनुमति दिदै प्रवेश समेत निशुल्क गरिंदा यसमा सहभागी हुनेहरु दिनहुँ सयौंको संख्यामा रहेको पाईयो ।

“गिकेन २०१९' एउटा महत्वपूर्ण कार्यक्रम थियो जसले जनतालाई एनएचकेको विज्ञान र टेक्निकल रिसर्च प्रयोगशालाका नवीनतम अनुसन्धान परिणामलाई प्रत्यक्ष रुपमा नियाल्ने अवसर पाएका थिए ।

प्रदर्शनीको समयमा २४ वटा अनुसन्धान परिणामहरूको २४ वटा वस्तुहरू पारदर्शी दृश्य सेवाहरूलाई प्रविधिको रूपमा प्रदर्शन गर्नुका साथै पारदर्शी टिभिको उत्थान, थ्रिडी टेलिभिजन र एआर र वीआर, र ८ केडीई १२० हर्ट्ज फ्रेम फ्रिक्वेन्सी '१२० फ्रेम प्रति प्रति सेकेन्ड'  जस्ता उच्च आधुनिक यन्त्र जडित उपकरणहरुको प्रदर्शन गरिएको थियो । आम सर्वसाधारणले लेजर प्रोजेक्टरबाट अल्ट्रा उच्च परिभाषा छविहरू र २२.२ बहु-च्यानलहरूसँग थ्रिडी आवाजमा ८ के क्यामेराबाट खिचेका भिडियो सामग्रीको आनन्द लिने मौका पाएका थिए ।

कार्यक्रमकै सन्दर्भ पारेर ३० मेमा टोक्यो युनिभर्सिटीका प्रोफेसर मसाओइको इनमी द्वारा 'प्रोफेशन रियल्टी टू ह्युमन एक्सप्लेनर' ईन्जिनियरिङ्बाट मानव शरीरको भविष्य, एडभान्स साइंस र टेक्नोलोजीका लागि अनुसन्धान केन्द्र, आँखाहरुद्वारा बनाईएको तस्वीरहरुको नयाँ दुनियाँ र मेसिन मस्तिष्कमा मानव शरीरको 'दृष्टिको तन्त्रणा' सम्वन्धी अभिव्यक्तिको विस्तार बारे आफैंले देख्ने सुवर्ण मौका पाईयो । यस विषयमा आफ्ना रिसर्च अनुभूतिबारे उहाँको अभिव्यक्ति सुन्न पाउँदा झनै यो यात्रा फलदायी बन्यो ।

मे ३१ मा, गिकेन स्टाफ द्वारा रिसर्च स्टल अवलोकन भ्रमण प्रस्तुतीकरणको आयोजना गरिएको थियो । जसमा 'आँखाहरु  र मेसिनहरुको दिमाग द्वारा बनाईएको चित्रहरुको नयाँ दुनिया' बारे अधिक सजिलै संग र आरामको मजा लिन सक्ने प्रविधीवारेको जानकारी गराइएको थियो ।

स्टल १ र २ मा पारिवारिक वातारणमा जस्तै गेिकेन कर्मचारीद्वारा निर्देशित ट्राफिक, गिकेन स्ट्रिम्प र्याली र बच्चाको कार्यशालाहरु । बालबालिकालाई कार्यशालामा प्राथमिक विद्यालय स्तरका पाठ्य सामाग्री कार्यक्रम 'जादुमय सवारी', जहाँ  तीन चित्रकारहरूरहेको  एआर र कामको आनन्द लिन सक्ने सक्ने एआर प्वाइन्टमा सार्ने र सङ्कलन गरेर खेल्न सक्ने व्यवस्था गरिएको थियो ।

एनएचकेले विज्ञान र प्रविधि अनुसन्धान संस्थान वेबसाइटमा समेत घटना विवरणहरू प्रस्तुत गरेको थियो ।

पहिलो तलामा एनएचके गिकेन गाइड कर्नर राखिएको थियो । जसमा एकर दुई जना गाइड राखेर स्टल राखिएको सम्पूर्ण रिसर्च कर्नर बारेको जानकारी र व्याख्या गरिन्थ्यो । करीब एक घण्टा ४५ मिनेटमा स्टल भ्रमण गर्न सकिन्थ्यो । यो नै एक सरल तरिका थियो जुन जो कोहीले पनि एनएचकेको विज्ञान र प्रविधि बारेको सुक्ष्म अध्यायन र अवलोकन सोचे भन्दा निकै सरल तरिकाले गर्न सक्दथ्यो ।

मेरो लागि भने गिकेन निकै उत्साह र चाखपूर्ण रह्यो, जसबाट मैंले जापानको टेलिभिजन र प्रविधि क्षेत्रको नयाँ आविश्कारसँगै यसको महत्व र प्रयोग बुझ्ने मौका पाएं ।