(JAPAN) 26 th September | 2018 | Wednesday | 3:52:13 AM
(Nepal) 26 th September | 2018 | Wednesday | 12:37:13 AM
 

जापानमा बिद्यार्थी लाइफ धरापमा !

  POSTED ON : Friday, 20 April, 2018 | Views : 4126

जापानमा बिद्यार्थी लाइफ धरापमा !

दिपक थापा 'बगरे केटो'-

पछिल्लो समय आउने नेपाली बिद्यार्थी बढेसँगै जापान सरकारले पनी जापानमा भिषामा कडाइ गरेको छ ।

नयाँ बिद्यार्थी लिएको छ तर पुरानो बिद्यार्थीलाई कडाइ गरेको छ । यसको मतलब बुझ्न सकिएको छैन । जापानमा लाख लाख कमाउने सपना बुनेर जापान आएका कयौं बिद्यार्थीहरु अहिले भिषा पीडितको समस्या मा परेका छन ।

बास्तबमा भन्दा जापानमा बिदेशी बिद्यार्थीले काम गर्न पाउने भनेको हप्ता को २८ घण्टा मात्र हो, तर कयौ बिद्यार्थीहरु त्यो नियम उल्ङ्ग्घन गरेर हप्तामा ६० देखी ७०/८० घण्टासम्म हप्तामा काम गर्ने गर्दछन ।

हप्ताको २८ घण्टा काम गरेर जापानमा बिद्यार्थी लाइफ बाँच्न धेरै नै मुस्किल छ । यहाँको खर्च अनि कलेज धेरै महँगो हुने हुँदा हप्ताको २८ घण्टा कामले खान बस्न नि मुस्किल हुन्छ । जापान सरकारले बिदेशी बिद्यार्थीलाई आफ्नो देशमा रहेको चल अचल समप्तीको आधारमा भिषा दिने गर्दछ । अझ भन्नुपर्दा बिदेशी विद्यार्थीलाई धनी वर्गको रुपमा लिने गर्दछ, जसको अर्थ पढ्ने ओखाने अर्थात् पैसा आफ्नै देश देखी ल्याउन भन्ने हो ।

विशेष गरेर बिदेशी बिद्यार्थीहरु जापान अध्ययनका साथै लाखौ कमाइ गर्ने सोचले आउने गर्दछन् । पढाईसंगै काम गर्न त पाइन्छ तर त्यो कमाइले जापानको बसाइ नि धान्न मुस्किल हुन्छ । अनि गाक्कोउ कलेजको लागी पैसा नेपाल देखि ल्याउनुपर्ने बाध्यता हुन्छ । बसाइको लागी झन जापान बिश्वको महँगो देश मा सूचीकृत छ । जस्तो कमाइ खर्च पनी त्यस्तै हुने भइहाल्यो ।

जसका कारण हजारौं बिदेशी बिद्यार्थी जापान सरकारको नियम उल्लंघन गरेर धेरै काम गर्न बाध्य छन् । अहिले यो तीनचार महिना भनेको गाक्कोउ कलेज स्योच्युग्यो हुने र अन्य बिद्यार्थीहरुको भिषा सकिने समय भएको हुँदा भिषामा केहि तल माथी भएको देखिन्छ ।

कतीको राम्रै भएको छ, कती लाई नराम्रो भएको छ । जापानको नियम पनी बुझी नकसक्नुको छ । कोहीले हप्ताको ९० घण्टा बढी काम गर्दा पनी भिषा पाएका छन् । कतिले केही घण्टामात्र बढी गरेपनि सिगोतो सुगिदायो काम धेरै गरेको भन्दै भिषा जुम्बी हानेको अवस्था छ । जसले गर्दा अहिले नेपाली बिद्यार्थी देखी अन्य भेतनाम, मङ्गोलियन, इत्यादि बिद्यार्थीहरु अन्यौल मा छन । यो स्थितिले बिकराल समस्या ल्याउने देखिन्छ ।

 जापान सरकारले भिषामा कडाइ गर्ने तर बिदेशी बिद्यार्थीहरुको लागी केहि सुविधाजनक प्याकेज लिएन भने अझै रिफ्युजी एप्लिकेशन दिने र ओभरस्टे बस्ने बिद्यार्थीहरु बढने देखिन्छ ।

यो समयमा भिषाको धरापले रिफ्युजी एप्लिकेशन दिने बिद्यार्थी लगायत अन्य भिषाका बिदेशिहरु बढीरहेको छ । रिफ्युजी एप्लिकेशनमा कडाइ गरे पनी यो महिना पनि धेरै मात्रामा चिनेजानेका र अन्यले यस्तो भिषामा आवेदन दिएको देखिएको छ ।

बिद्यार्थी भिषामा बसेर कमाइ गर्न नसक्ने देखी भिषाको समस्या हुनेहरु उल्लेख्य रुपमा रिफ्युजी एप्लिकेशन दिन गएको अवस्था छ । अझै भन्दा जापानको होकेन स्वास्थ्य बिमान र जेइकिन करले पनि धेरैलाई तनाब बनाएको अबस्था छ ।

जापानको भाषा आफ्नो देशमा प्रयोग नहुने र जती सक्दो चाँडो पैसा कमाउने सोचाइले अहिले बिद्यार्थी रिफ्युजी एप्लिकेशन दिने देखी ओभरस्टे बसेको पाइएको छ ।

पछिल्लो समय जापानले होकेन र जेकिइन तुरुन्तै तिर्न निर्देशन दिने र भिषा रोक्ने गरेको पाइएको छ । अझै कसैलाई काम बढी गरेको बन्दै भिषा नदिएको अवस्था छ ।

जापान को नियम के हो के बुझ्नै नसकिने खालको छ । कोहीले काम गरेर कर होकेन नतिरेर नि भिषा पाएका छन कोहीलाई कर होकेन तिर्न भनेको छ । कोहीलाई काम बढी गरेको भनेको छ । यो तनाबले अन्य विद्यार्थीहरु काम बढी गर्ने जे पर्छ त्यही टर्छ भन्ने सोचमा पुगेको देखिन्छ । लाग्छ यस्तो अवस्थाले जापानले कयौंलाई पानी बिना को माछा बनाउने देखिन्छ ।

केहि गर्छु भनेर आएकाहरुलाई राम्रै छ नराम्रो भन्न मिल्दैन तर भोली गएर भिषा दिने नदिने तनाबले सबैलाई पिरोलेको छ । त्यसैले सबैको सोच नियम उल्लंघन गरेर धेरै काम गर्ने आफ्नै देश फर्कने रहेको देखिन्छ ।

यो अवस्था हेर्दा जापानमा बिद्यार्थी जीवनमा औषतमा धेरै बेखुशी छन् र भन्छन् जापानमा विद्यार्थी जीवन धरापमा छ ।


प्रस्तुत लेख लेखकका निजि बिचार हुन्, यसमा उल्लेख बिचार र भावना लेखकका निजि अनुभव हुन् ।

सम्पादक