(Japan) 29 th March | 2024 | Friday | 1:54:54 PM || (Nepal) 10:39:54 AM
 
 


रवि लामिछानेद्धारा पूर्व पत्निको 'अनैतिक सम्बन्ध'को पर्दाफास, आफु गलत भए झापड हान्न चुनौती (प्रमाण/भिडियो सहित)'

  POSTED ON : Monday, 07 January, 2019 | Views : 4374

रवि लामिछानेद्धारा पूर्व पत्निको 'अनैतिक सम्बन्ध'को पर्दाफास, आफु गलत भए झापड हान्न चुनौती (प्रमाण/भिडियो सहित)'


काठमाडौं ।

लोकप्रिय चर्चित पत्रकार रवि लामिछानेले कानुनी रुपमा छोडपत्र भईसकेकी पूर्व पत्निले कुत्सित मनसायले आफ्नो बदनाम गराउन खोजेपछि त्यसको भण्डाफोर गरेका छन् ।

घरमा श्रीमती हुँदाहुँदै बाहिर केटी राखेको, धोका दिएको भन्दै पत्रकार लामिछानेलाई बदनाम गराएकी उनकी पूर्व पत्नि ईशा श्रेष्ठको परपुरुषसँगको अनैतिक सम्वन्ध झल्काउने फेसबुक कुराकानी सहित तस्विर सार्वजनिक गरिदिएका छन् ।

आफुले नचाहेरै आफ्नो बदनाम गराउने अभिप्राय भएपछि आफुले यस्तो गर्न बाध्य भएको भन्दै रवि लामिछानेले यसभन्दा तल गिरेर आफुले थप लेख्न र बोल्न नचाहेको बताएका छन् ।


आफु पूर्व पत्निले बदनाम गराउन भनेजस्तो भए आफुलाई झापड हानेर फोटो खिच्न सार्वजनिक रुपमा अपिल गर्दै पत्रकार रवि लामिछानेले आफ्नो फेसबुकमा आईतबार साँझ यस्तो लेखेका छन्


ईज्जत लिलाम गर्ने मनशाय नहुदा नहुदैपनि अप्रिय र अपाच्य सामाग्रीहरु सार्वजनिक गर्न बाध्य भए।हिलो छ्यापा छ्याप गर्ने मनशाय मेरो अझैपनि थिएन । मैलेपनि बारम्बार श्रीमतिका प्रेमीहरु गनेर बस्न चाहिन ।
सबै कुरा पुराना हुन।यो तस्बिरपनि पुरानै हो, Renew गर्ने मन छैन तर आफैलाई घृणा गर्नु पर्ने उनको कथा जस्तो मेरो अतीत कदापि थिएन, छैन र हुदैनपनि ।

सानो उदाहरण नराखे, मलाई थोरै भएपनि बिश्वास गर्नेहरुको शिर झुक्छ।बाकी हेर्न चाहनेहरुले मलाई ब्यक्तिगत रुपमा भेट्नु होला । उनको कथा उनले भने जस्तै मात्र भए २ झापड हानेर फोटोपनि खिच्नु होला ।

म आज स्तरहिन मान्छे हुन बाध्य भए। यो भन्दा तल अब म जान चाहन्न ।

सारा सम्पत्ती लिएर डिभोर्सगरि अमेरिकामै बसेकी पूर्वपत्नीको झुटो प्रचार बिरुद्ध रबि लामिछानेको कडा जवाफ