(Japan) 25 th April | 2024 | Thursday | 9:22:01 AM || (Nepal) 6:07:01 AM
 
 


'जापान विद्यार्थी पठाउनेले जिम्मेवारी पनि लिनुपर्छ'

  POSTED ON : Thursday, 15 March, 2018 | Views : 3417


नेपालमा जापानी भाषा प्रशिक्षण केन्द्रहरु खुल्ने क्रम बढ्दो छ । जापानप्रति नेपाली विद्यार्थीहरुको चासो बढ्दै गएको र जापान जानेहरुको संख्या वृद्धि भएसंगै भाषा प्रशिक्षण केन्द्र पनि बढ्न थालेका छन् ।


नेपालमा जापानी भाषा प्रशिक्षण दिनेहरुको एउटा छाता संगठन छ- जापानी ल्यांग्वेज एसोसिएशन नेपाल ९जाल्सान० । सन् २०११ मा स्थापना भएको जाल्सानले जापान विद्यार्थी पठाउने परामर्शदाता र भाषा प्रशिक्षण केन्द्रहरुको अनुगमन गर्ने गर्दछ । अनि जापान जाने विद्यार्थीहरुलाई सही परामर्श दिने वातावरण यसले बनाइरहेको अध्यक्ष सुनील वज्राचार्य बताउनुहुन्छ ।


अध्यक्ष वज्राचार्य जापानमा विद्यार्थी पठाउनु मात्र ठूलो कुरा नभएको बताउनुहुन्छ । उहाँका अनुसार भाषाको राम्रो ज्ञानसंगै त्यहाँको वातावरण, कामको अवस्था तथा त्यहाँको सामाजिक, कानुनी पक्षलाई पनि ज्ञान दिनुपर्छ ।


नेपालमा जापानी भाषाको लोकप्रियता बढ्दै गएपछि काठमाडौंमा जापानी भाषा वक्तृत्वकला पनि आयोजना भैरहेको छ । यस वर्ष यही मार्च १० मा सो प्रतियोगिता हुँदैछ ।


नेपालमा जापानी भाषाका विषयमा जाल्सान अध्यक्ष सुनील वज्राचार्यसंग गरिएको भिडियो कुराकानी यहाँहरु सममक्ष प्रस्तुत छ-:



समाचार साभार : “जापान विद्यार्थी पठाएर मात्र हुँदैन, उनीहरुको जिम्मेवारी पनि लिनुपर्छ” (भिडियो)