(JAPAN) 17 th October | 2018 | Wednesday | 5:23:47 PM
(Nepal) 17 th October | 2018 | Wednesday | 2:08:47 PM
 

एनआरएनए जापानको पहलमा ३० जना नेपाली बिध्यार्थीले छात्रवृत्ति पाउने

  POSTED ON : Wednesday, 26 September, 2018 | Views : 503

एनआरएनए जापानको पहलमा ३० जना नेपाली बिध्यार्थीले छात्रवृत्ति पाउने

टोकियो ।

जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरु मध्येबाट ३० जना विद्यार्थीहरुले गैर आवासिय नेपाली संघ जापानको पहलमा छात्रबृत्ति पाउने भएका छन् ।

एनआरएनए जापानका अध्यक्ष टाशी वांगदी लामा र ईन्टरनेशनल ह्युमन रिसोर्स नेटवर्क अर्गनाईजेशनका प्रमुख कुमीयामा बिच यसबारेमा सम्झौता भएको छ ।

सेवामुलक क्षेत्रमा काम गरिरहेको सो संस्थाका प्रमुखसँग भएको सम्झौता अनुसार पहिलो पटक एनआरएनए जापान मार्फत तत्कालको लागि ३० जना नेपाली विद्यार्थीले छात्रबृत्ती पाउनेछन् ।

यसको लागि प्रक्रिया पुर्याएर तल उल्लेखित अनलाईनमा आवेदन दिएका मध्ये जेहेन्दार तथा लगनशील बिध्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने एनआरएनए जापानका प्रवक्ता पर्शु बस्नेतले जापानसमाचारडटकमलाई जानकारी दिए ।

छात्रवृत्ति छनौट गर्दा बिध्यार्थीको बायोडाटा, नेपालमा अध्ययन गरेको प्रमाणपत्र र हाल अध्ययनरत स्कुलको हाजिरी सम्बन्धित बिध्यार्थीको अनुशासन र लगनशीलताको बारेमा कलेजसंग सम्पर्क समेत गरेर प्रदान गरिने बताईएको छ ।

पछिल्लो समयमा नेपाली बिध्यार्थीहरू उच्च शिक्षा अध्ययनको लागी जापान आऊने संख्या बढिरहँदा विद्यार्थीहरुमा खर्च व्यवस्थापनको लागि लामो समय कामगनुपर्ने बाध्यताले समस्यापनि बढ्दै जान थालेको छ ।


विद्यार्थीहरुको यहि समस्यालाई ध्यानमा राखेर विद्यार्थीको आकांक्षा भाषा स्कूल तथा भोकेसनल कलेज अध्ययन पश्चात कम्पनीमा वर्किंग भिसा परिवर्तन गरी अर्थोंपार्जन गर्ने काममा समेत एनआरएनए जापानले विभिन्न कार्यक्रम मार्फत सहयोग पुर्याउँदै आएको छ ।

पहिलो चरणमा ३० जनाले मासिक ३ मान अर्थात् ३० हजार येन बराबरको छात्रवृत्ति पाउनेछन् ।

छात्रवृत्तिको लागी छनौट भईसकेपछी सम्बन्धित बिध्यार्थीको व्यक्तिगत बैंक खाता मार्फत प्रत्येक महिना ३० हजारका दरले रकम प्रदान गरिने छ । यसरी छात्रबृत्ति पाउने विद्यार्थीले जापान सरकारको नियम अनुसार हप्ताको २८ घण्टा भन्दा बढी समय काम गर्न भने पाउनेछैन ।


छात्रवृत्ति आवेदन दिनको लागि तलको लिंकमा क्लिक गर्नुहोस्

https://goo.gl/forms/nHytT6nWXKb3DxkD3