(JAPAN) 21 st November | 2018 | Wednesday | 2:20:26 AM
(Nepal) 20 th November | 2018 | Tuesday | 11:05:26 PM
 

विद्यार्थीले बढी काम गर्न नपाउनेगरि जापानमा अक्टोबरदेखि कडा नियम लागू हुँदै

  POSTED ON : Monday, 03 September, 2018 | Views : 17238

विद्यार्थीले बढी काम गर्न नपाउनेगरि जापानमा अक्टोबरदेखि कडा नियम लागू हुँदै

टोकियो ।

अध्ययनका लागि जापान आएका भाषा विद्यार्थीहरुले पढाई भन्दा काममा बढी ध्यान दिएपछि जापानले आगामी अक्टोबर महिनादेखी कडा नियम लागू गर्ने भएको छ ।

विद्यार्थीसँगै जापानमा भाषा विद्यालयहरु बढेसँगै केही भाषा विद्यालयहरुले विद्यार्थीहरुलाई आकर्षित गर्न काममा समेत आकर्षित गर्ने गरि छुट वा नजरअन्दाज गरेको भन्दै जापानले यही अक्टोबरदेखि भाषा स्कुल ब्यवस्थापनको लागि समेत नयाँ नियम लागू गर्ने भएको छ ।

जापानको न्याय मन्त्रालयले भाषा विद्यार्थीका रुपमा जापान आएका विद्यार्थीहरुले हप्तामा जम्मा २० एकाइ वा बढी पढ्दै आएकाले पढाईमा भन्दा बढि काममा ध्यान दिएको पाईएको बताएको छ ।

यसैलाई मध्यनजर गर्दै विद्यार्थीलाई अध्ययनमा बढी व्यस्त बनाउन आगामी अक्टोबरदेखि युनिभर्सिटी तथा सेन्मोन स्कुल जसरीनै पढाई हुने समय बढाउने भएको छ । पढाईको समय बढाएसँगै भाषा विद्यालयले दिने लामो विदा समय पनि बढ्ने भएको छ ।

यहाँको आसायी सिन्बुन र जापान टुडेले विद्यार्थीहरुलाई पढाईमा थप आकर्षित गर्न नयाँ नियम लागू गर्न लागिएको उल्लेख गरेको छ ।

हालको जापानको नियम अनुसार विद्यार्थी भिसामा जापान आउने विदेशीले हप्ताको २८ घण्टा भन्दा बढी काम गर्न पाउँदैनन् । तर नेपाली विद्यार्थीको सन्दर्भमा हेर्ने हो भने अधिकाशंले २८ घण्टा भन्दा बढी काम गर्ने गरेको पाईन्छ ।

अक्टोबरदेखि नयाँ नियम लागू भएपछि भने भाषा स्कूलका विद्यार्थीले वर्षमा कम्तिमा पनि ३५ हप्ता कक्षामा उपस्थित हुनुपर्नेछ । अर्थात् हप्तामा २८ घण्टा भन्दा बढी समय काम गर्नेले आफ्नो समय बाध्य भएर कटौती गर्दै कक्षामा उपस्थिति जनाउनुपर्नेछ ।