(JAPAN) 21 st November | 2018 | Wednesday | 3:31:39 AM
(Nepal) 21 st November | 2018 | Wednesday | 12:16:39 AM
 

जापानमा अध्ययन, भाषा, रोजगारी, स्वास्थ्य एवं समस्या र चुनौतीबारे विज्ञसँग विद्यार्थीको अन्तर्क्रिया

  POSTED ON : Tuesday, 01 May, 2018 | Views : 694

जापानमा अध्ययन, भाषा, रोजगारी, स्वास्थ्य एवं समस्या र चुनौतीबारे विज्ञसँग विद्यार्थीको अन्तर्क्रिया

टोकियो ।

नेपाली विद्यार्थीहरुले जापानमा व्यहोर्दै आएको अध्ययन, भाषा, रोजगारी, स्वास्थ्य आदिका समस्या र समाधानको लागि गर्नुपर्ने तयारी र उपायहरुबारे विज्ञ समुहसहित विद्यार्थीहरुको बृहत अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गैरआवासीय नेपाली संघ जापान कान्तो क्षेत्रीय समितिको आयोजनामा भएको कार्यक्रममा जापानमा अध्यायनरत विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

अन्र्तक्रिया कार्यक्रममा नेपाली विद्यार्थीहरुले भोग्नुपर्ने समस्या, चुनौति र अवसरहरुलाई कसरी समन्वय गरेर अघि बढ्ने भन्ने विषयमा विज्ञहरुले आ आफ्नो विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा डा. भूपालमान श्रेष्ठले जापानमा बस्ने बिदेशीहरुले पालना गर्नुपर्ने नीति नियमका बारेमा बुँदागत रुपमा आफ्ना अनुभव सहित प्रस्तुत गर्नुभएको थियो ।

यसैगरि जिज्ञानकुमार थापाले विदेशी विद्यार्थीहरुलाई जापानमा अवसर र चुनौतिका बारेमा जानकारी गराउनुभएको थियो ।

मनोचिकित्सक डा. विजय ज्ञवालीले आप्रवासीहरुको मानसिक तनाव व्यवस्थापनका बारेमा सहभागी विद्यार्थीहरुको जिज्ञासालाई समेटेर जानकारी गराउनुभयो ।


जापानको पर्यटन व्यवसायमा नेपाली विद्यार्थीहरुका लागि अवसरबारे विषेश्वर रेग्मीले प्रस्तुत गरे भने प्रकाश थापाले उत्पादनमूलक औद्योगिक क्षेत्रमा विदेशी विद्यार्थीलाई अवसरका बारेमा जानकारी गराउनुभएको थियो ।

यसैगरि नेपालमा युमि स्कुल सञ्चालन गरेर चर्चामा रहेका शरद राईले जापानी भाषा स्कूल र सेन्मोन विद्यालयको पढाईपछिको जापानको शिक्षामा नेपाली विद्यार्थीहरुको अवसरबारेमा जानकारी गराउनुभयो भने संगिता अधिकारीले आफ्नो जापान अनुभवसँगै बिचार सहभागीहरुमाझ राख्नुभएको थियो ।