(JAPAN) 18 th July | 2018 | Wednesday | 8:50:53 AM
(Nepal) 18 th July | 2018 | Wednesday | 5:35:28 AM
 

जापानद्धारा नेपाली विद्यार्थीका लागि छात्रबृत्ति घोषणा, यसरी दिनुस् निशुल्क निवेदन

  POSTED ON : Monday, 09 April, 2018 | Views : 6149

जापानद्धारा नेपाली विद्यार्थीका लागि छात्रबृत्ति घोषणा, यसरी दिनुस् निशुल्क निवेदन

काठमाडौं ।

जापानमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि जापान सरकारले विभिन्न तह र शिर्षकका छात्रबृत्तिको कोटा खुल्ला गरेको छ ।

विद्यावारिधी देखी अनुसन्धान तथा विशेष तालिम लिन चाहने बलेजका विद्यार्थीहरुका लागि शैक्षिक वर्ष २०१९ का लागि मोन्बुकागाकुशो छात्रबृत्ति कार्यक्रम अन्तर्गत उक्त छात्रबृत्ति प्रदान गरिन लागेको नेपाल स्थित जापानी राजदूतावासको वेवसाईटमा राखिएको सूचनामा जनाइएको छ ।

 

थप जानकारी जापानी दुतावासको वेवसाइट http://www.np.emb-japan.go.jp/study.html बाट प्राप्त गर्न सकिने छ । योग्यता पुगेका जो कोही नेपाली नागरिकहरुले वेवसाइटमा उल्लेख भएका कागजात अनुसार आफैं आवेदन दिन सक्नेछन् । आवेदनको कुनैपनि शुल्क लाग्नेछैन ।

सुचना अनुसार आवेदन बुझाउन शुल्क नलाग्ने भएकाले सचेत भएर आवेदन दिन दुतावासले सबैमा अनुरोध गरेको छ । जापान सरकारको उक्त छात्रबृत्ति योजनाका सवै प्रक्रिया जापानी दुतावास तथा जापानमा उच्च शिक्षा प्रदान गर्ने संस्थाहरुले तय गरे अनुसार हुने स्पष्ट पारेको छ ।जापानी दुतावासले बताएको छ ।

जापानी राजदूतावासले प्रकाशित गरेको सुचना अनुसार स्नातकोत्तर तथा अनुसन्धान विधा  गन्तर्गत आवेदन दिनका लागि आवेदकको उमेर २०१९ अप्रिल १, २०१९ सम्ममा ३५ वर्ष मुनी हुनुपर्नेछ भने कम्तिमा १६ वर्षको पढाइ पुरा गरेको हुनुपर्नेछ भने तीन वर्षे स्नातक भएमा १५ वर्ष पुगेकालाई पनि समावेश गरिने छ । साथै स्नातक तहमा प्राकृतिक विज्ञानतर्फका आवेदकले ७० प्रतिशत अंक तथा मानविकी तथा समाजशास्त्र तर्फ ६० प्रतिशत अंक प्राप्त गरेको हुनुपर्नेछ ।

यस विद्यातर्फ आवेदन दिनका लागि जापानी दुतावासमा २०१८ मे १४ – १८ सम्ममा आवेदन बुझाउनु पर्ने छ । साथै स्नातक तथा विशेष तालिम कक्षाका ओवेदकको उमेर आवेदन दिदा १७ – २१ वर्ष हुनुपर्ने छ ।

आवेदकहरुलाई जापानी भाषा कक्षाको पनि व्यवस्था हुनेछ भने उनीहरु जापानी जिवनशैलीमा इच्छुक हुनुपर्ने उल्लेख छ । आवेदकहरुले आवश्यक कागजात सहित आवेदन फाराम स्वयम उपस्थित भइ नेपालस्थित जापानी दुतावासमा बुझाउनु पर्ने सुचनामा उल्लेख छ ।

तीनवटा शिर्षकमा छात्रवृत्तिको लागि निवेदन माग गरिएपनि कोटा खुलाइएको छैन ।