(JAPAN) 25 th September | 2018 | Tuesday | 4:40:24 AM
(Nepal) 25 th September | 2018 | Tuesday | 1:25:24 AM
 

फुकुओकामा छुरा प्रहार गरी हत्या गर्न खोजेको आरोपमा नेपाली युवा पक्राउ

  POSTED ON : Sunday, 08 April, 2018 | Views : 4000

फुकुओकामा छुरा प्रहार गरी हत्या गर्न खोजेको आरोपमा नेपाली युवा पक्राउ

टोकियो ।

जापानको फुकुओका शहरमा छुरा प्रहार गरि हत्या गर्न खोजेको आरोपमा एक नेपाली युवा पक्राउ परेका छन् ।

यसरी छुरा प्रहार गरेर फुकुओका शहरको सुमियोसी जिन्ज्या ९मन्दीर० परिसरमा अर्का एक नेपाली युवककै हत्या गर्न खोजेको आरोप उनीमाथि छ ।

निप्पोन टेलिभिजनमा प्रशारित समाचार अनुसार छुरा प्रहार गरि हत्या गर्न खोजेको आरोपमा पक्राउ परेका व्यक्ति बिनोद बास्तोला हुन् । २२ बर्षिय बास्तोलाले धारिलो हतियार प्रहार गरि २३ बर्षिय अर्का एक नेपाली युवालाई घाइते बनाएका छन् ।

बिहिबार साँझ ५ बजे भएको घटनामा संलग्न छुरा प्रहार गर्ने बास्तोला फुकुओकाको हिगासी कुमा रहेको जिस्यो सेन्मोन गाक्कोमा अध्ययनरत छन् ।

छुरा प्रहारबाट घाइते भएका युवाको टाउकोमा तीन ठाउँमा गम्भीर चोट लागेपनि उनि खतरामुक्त रहेको समाचारमा जनाइएको छ ।

युवतीका कारण दुई युवाबिच विवाद रहेको ठानिएको छ । छुरा प्रहार गरेका बास्तोलाले प्रहरीलाई मार्ने उदेश्यले आफुले आक्रमण नगरेको बयान दिएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ ।

जापानमा नेपाली समुदायबिचनै आपराधिक घटनामा बृद्धि हुनुका साथै जापानी नागरिकमाथि समेत समय समयमा अनैतिक प्रयास तथा आपराधिक घटनामा बृद्धि भइरहँदा जापानमा नेपाल र नेपाली समुदायमाथि हेर्ने जापानी दृष्टिकोणमा परिवर्तन आउन थालेको अगुवाहरु बताउँछन् ।

शरणार्थी, अवैध बसोबास सहित नेपालीहरु गैर कानुनी कृयाकलापमा संलग्नको घटना बढेकै कारण जापानले नेपालमाथि भिषा प्रक्रियामा कडाई गर्नुका साथै नेपाली माथि गरिने व्यवहारमा समेत परिवर्तन आउन थालेको कतिपयको ठम्याइरहेको छ ।